तिलोत्तमा, २०८१ असोज १ गते।अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले १७ वर्षमुनिको साफ च्याम्पियनशिप २० वर्षमुनिको एशियन कप फुटबल छनोट खेल्न जाने नेपाली युवा टोलीको बिदाइ गरेको छ ।युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा र प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्द्रमान तुलाधारलगायतले नेपाली टोलीको बिदाइ गरेका हुन् ।
यही सेप्टेम्बर २० देखि ३० सम्म भुटानको राजधानी थिम्पुमा १७ वर्षमुनिको साफ च्याम्पिपयनशिप हुँदैछ । नेपाल रहेको समूह ‘बी’ आयोजक भुटानसहित पाकिस्तान र श्रीलङ्काका छन् । यस्तै समूह ‘ए’ मा भारत, माल्दिभ्स र बङ्गलादेश छन् ।यसैगरी यही सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा २० वर्षमुनिको एएफसी एशियन कप छनोट हुँदैछ । एशियन कप छनोटमा नेपाल रहेको समूह ‘बी’ मा आयोजक चाइनिज ताइपेईसहित उज्वेकिस्तान, बहराइन र कम्बोडिया छन् ।
कमेन्ट गर्नुहोस्