
तिलोत्तमा, २०८१ भद्र २९ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकहरूलाई स्वच्छ र सफा खानेपानी उपलब्ध गराई जनस्वास्थ्यमा सुधार ल्याउन सरकारले योजना निर्माण गरेको बताएका छन्।रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ योगीकूटीमा रहेको शंकरनगर खानेपानी उपभोक्ता तथा सरस्फाइसंस्थाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दैआचार्यले गुणस्तरीय खानेपानी वितरणलाई सुनिश्चित गर्न प्रदेश स्तरीय पानी परिक्षण ल्याव स्थापना गर्न थालिएको जानकारी दिए।
हामी एक घर(एक धाराको अभियानलाई पूरा गर्दै कार्यान्वयन चरणमा रहेका खानेपानी आयोजनालाइ सम्पन्न गर्ने लक्ष्यमा हिडेका छौ प्रदेश सरकारले आफ्नै खानेपानी ल्याव स्थापना गर्दै छ,आचार्यले भने।खानेपानीको गुणस्तर परिक्षण गरेर पानी खुवाउनुपर्छ भनेर कपिलवस्तुमा ल्याव स्थापना गर्न लागेको बताउदै चालू बर्षमा १६८ खानेपानी आयोजना सम्पन्न गर्ने र जसबाट ७ लाख ४ हजार लाभान्वित हुने लक्ष्य राखेको जानकारी दिए।
योजनाबद्द विकास प्रदेश सरकारको पहिलो आधार भएको बताउदै समृद्ध प्रदेश, आत्मनिर्भर लुम्बिनी बनाउने अभियान पूरा गर्ने दिशामा सरकार रहेको उनको भनाई छ।प्रदेश सरकारले हरेक नागरिक स्वस्थ हुनुपर्छ भन्ने मान्यताकासाथ कार्यक्रमहरू गरिरहेका छौं उनले भने योजनाबद्ध विकासका माध्यमबाट लुम्बिनी प्रदेशमा खानेपानी, कृषि, पर्यटन र उद्योग क्षेत्रमा सुधार गरेर विकास र समृद्धिको अभियान सफल बनाउन सक्छौं।
मुख्यमन्त्री आचार्यले रजत स्मारक, नव निर्मित कार्यालय भवनको उद्घाटन र रजत स्मारिकाको विमोचन गरेका थिए।रजत जयन्ती मनाउदै गर्दा खानेपानी उपभोक्ता संस्थाले निर्धारित लक्ष्य हासिल गर्न गरेका योगदान अविस्मरणीय र उल्लेखनीय रहेको मुख्यमन्त्री आचार्यले बताए।
प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै नागरिकलाई उच्चस्तरीय र गुणस्तरीय खानेपानी पुर्याउने लक्ष्य सरकारले पूरा गर्नुपर्ने बताउनु भयो । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले पानी शान्तिका लागि, पानी समृद्धिका लागि र पानी जिवनको लागि भएको बताउनु भयो। सुरक्षित खानेपानीका लागि प्रदेश सरकार संग समन्वय गरिने बताए। प्रदेश सभा सदस्य भगवती अधिकारीले नागरिहरुलाइ सहज रुपमा गुणस्तरीय पानी पुर्याउने संकल्प प्रदेश सरकारले पूरा गर्नुपर्ने बताईन।
संस्थाका सचिव कमला ज्ञवालीको सञ्चालनमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष झबिन्द्र भण्डारीले कुलो, कुवा, इनार र खोलाको पानी खानुपर्ने अवस्था अन्त्य गरेर नागरिकहरुलाइ गुणस्तरीय खानेपानी पुर्याउन सफल भएको बताए।
कमेन्ट गर्नुहोस्