
तिलोत्तमा, २०८१ भद्र २८ गते। सहज जित निकाल्दै छिमेकी जिल्ला स्याङ्गजाको वालिङ्ग-११ नवायुवा ठुटीपिपललाई क्वाटरफ़ाइनलमा पाखा लगाउदै सेमी फ़ाइनलमा प्रवेश गरेको छ। तिलोत्तमाको कोटिहवामा जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वालिङ्ग-११ प्रवेश गरेको छ ।शुक्रबार भएको क्वाटरफाइनलतर्फ वालिङ्ग-११ ले प्रतिश्प्रधि टिम नवयुवा सांस्कृतिक परिवार ओमसतिया-१ ठुटीपिपललाई १ का बिरुद्ध ३ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो।
निर्धारित समयतर्फ वालिङ्ग-११ का लागि जर्सी नम्बर ७ का विश्व थापाले खेलको ३५ मिनेटमा १ गोल गरे भने दोस्रो हाफको ७३ मिनेटमा जर्सी नम्बर ३३ का संजय राना र खेलको ७९ मिनेटमा जर्सी नम्बर १० का अनिश थापा मगरले थप १/१ गोल गरि जम्मा ३ गोलको अग्रता दिलाए भने नवयुवाका लागि जर्सी नम्बर १२ का आयुस गल्यानले खेलको ५ मिनेटमा गोल गरेका थिए । निकै प्रतिश्प्रधात्मक रुपमा अगाडी बढेको खेलमा निर्धारित समयमा ३-१ गोल पछि गोल भएन। खेलमा वालिङ्ग-११ का जर्सी नम्बर ११ का क्षितिज राज जिटी म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २९ गते शनिबारको क्वाटरफाइनल खेल झरना स्पोर्ट्स क्लब, कुञ्जलापुर भर्सेज पाल्पा ११, पाल्पा बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।
लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।
कमेन्ट गर्नुहोस्