लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

साविक विजेता फर्साटिकर सेमिफ़ाइनालिस्ट, संजीवनी ट्राइब्रेकरमा पराजित

IMG

तिलोत्तमा, २०८१ भद्र २७ गते।संघर्षपुर्ण जित निकाल्दै साविक विजेता फर्साटिकर युवा क्लब, फर्साटिकर यहाँ जारी स्व. कमलराज पाठक स्मृति २२औं लिस्नु कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार भएको दोस्रो क्वाटरफाइनलतर्फ फर्साटिकरले निकटतम प्रतिद्वन्द्वी सञ्जिवनी युवा क्लब, देवीनगरलाई टाईब्रेकरमा हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।


त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले १–१ गोलको रोमाञ्चक बराबरी खेलेका थिए । निर्धारित समयतर्फ सञ्जिवनीका लागि फागुराम थारुले गोल गरेका थिए भने फर्साटिकरका लागि निरज चौधरीले गोल फर्काएका थिए । निकै प्रतिश्प्रधात्मक रुपमा अगाडी बढेको खेलमा निर्धारित समयमा १-१ गोल पछि गोल भएन। त्यसपछि भएको टाईब्रेकरमा भने फर्साटिकरले ५–४ ले नतिजा आफ्नो पक्षमा पार्यो ।खेलमा फर्साटिकरका निरज चौधरी म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत भदौ २८ गते शुक्रबारको तेस्रो क्वाटरफाइनल खेल नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपल र वालिङ युनाइटेड, स्याङ्जा बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।


लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ ।


कमेन्ट गर्नुहोस्