लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रामेश्वर र शितलले रोधीघरमा राम्दी मेलैमा घन्काउदै

IMG

तिलोत्तमा, २०८१ भद्र २७ गते। आफैमा निजामती कर्मचारी समेत रहेका स्वास्थ्यकर्मी तथा गायक रामेश्वर ढकाल र निजामति प्रशासनका अधिकृत शितल भण्डारीले बजारमा राम्दी मेलैमा लिएर आएका छन्। झ्याउरे भाकामा दर्शक र स्रोताको मनमा पस्न सफल गायक ढकालले आफ्नै सहकर्मी कर्मचारी लिएर नयाँ गीत सार्बजनिक गर्ने धुनमा छन्। सबै तयारी पुरा भएको राम्दी मेलैमा ले बजार तताउनेमा ढुक्क छन् ढकाल। 


पछिल्लो सांगीतिक कोसेली मार्फत बजारमा आफ्नो आवाज बिकाउने कोसिसमा रहेकी शितलले राम्दी मेलैमा मार्फत दर्शक र स्रोताको माया पाउनेमा ढुक्क छिन। आफुलाई पहिल्यैबाट कलाकारितामा चिर परिचित बनाएकी शितल बिगत पुरानो टेलिसिरियल पुष्पान्जली कि नम्रता समेत हुन्। साहित्य र कलामा निकै रुचि राख्ने उनले रहरै रहरमा यो गीत गरेपनी उनको आवाजमा लोक संगीतको रस पुरानै लाग्छ। आवाजमा मिठास र दम भएकी सितलले आगामी दिनमा दर्शकको माया पाए सांगीतिक क्षेत्रमा आफ्नो रहर पुरा गर्ने समेत बताएकी छिन। 


लोक संगीतका नाममा झ्याउरे, दोहोरी र ठट्यौली गीत गाउन माहिर रामेश्वर ढकाल पनि निरन्तर आफ्नो सांगितक यात्रालाई अगाडी बढाइरहेका छन्। उनि भन्छन- मेरो नशा नशामा गीत छ, संगीतले मेरो सारा थकानलाई निश्लोट पार्दछ, सांगीतिक क्षेत्रमै केहि गर्ने ईछ्या छ। पछिल्लो समय रेलै सलल, काली तरेर मार्फत दर्शकको माया बटुलेका ढकालले आफ्नै लय तथा संकलन र स्वरमा बिनोद अर्याल, लाल माया थापा,शितल  भण्डारी र सुप्रिम ढकालको आवाजमा राम्दी मेलैमा सार्बजनिक गर्ने क्रममा छन्।  म्युजिक लुम्बिनी नेपाल युट्युब च्यानल मार्फत सार्बजनिक गर्न लागेको गीतलाई केहि दिन पछि युट्युबमा सार्बजनिक गर्ने तयारि बहेको ढकालले बताएका छन्।  सो गीत हेर्न भने दर्शकले केहि दिन कुर्नुपर्ने छ। 

कमेन्ट गर्नुहोस्