
तिलोत्तमा, २०८१ भद्र २५ गते। रुपन्देहीको कोटिहवामा जारी २२ औं लिस्नुकप नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटर फाइनलमा समपूर्ण युवा क्लब बिजयी भएको छ। पशुपति माविको मैदानमा बुधबार भएको खेलमा समपूर्णले कपिलबस्तु ११ लाई ट्राइब्रेकरमा पाखा लगाएको हो ।निर्धारित समयमा २–२ गोलको बराबरी भएको खेलको ट्राइब्रेकरमा समपूर्णले शानदार प्रस्तुतिसंगै जित हासिल गरेको हो ।ट्राइब्रेकरमा समेत बराबरी भएपछी सम्पूर्ण युवा क्लबले कपिलवस्तु ११ लाई सडेन डेथमा पराजित गरेको थियो।
बुधबारको खेलमा समपूर्णका खेलाडी जर्सी न १५ का अभिषेक वाइबा म्यान अफ द म्याच घोषित भए । भदौ २७ गते बिहिबारको दोस्रो क्वाटरफाइनल खेल संजीवनी युवा क्लब भर्सेस फर्साटिकर एफ सी बीच हुने खेल संयोजक कृष्ण गुरुङले जानकारी दिए ।लिस्नु युवा क्लब, तिलोत्तमा–१५, कोटिहवाको आयोजनामा पशुपति माविको खेलमैदानमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख २५ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ६५ हजार प्राप्त गर्नेछ । कुल १२ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल असोज ३ गतेका दिन हुनेछ।
कमेन्ट गर्नुहोस्