
तिलोत्तमा,भदौं २६ गते । तिलोत्तमामा रुपन्देही विद्यालयस्तरीय किड्स एण्ड टिन्स तथा खुल्ला भुपु सैनिक ब्याडमिन्टन प्रतियोगिता २०८१ हुने भएको छ । तिलोत्तमा १४ सुपौलीस्थित लुम्बिनी स्पोर्ट्स क्लवको कभर्ड हलमा आगामी भदौ २९ गते अर्थात यही शनिबार प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएका छन ।
प्रतियोगिताबारे जानकारी दिन बुधबार भलवारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्लवका सहसचिव तथा प्रतियोगिता संयोजक सुन्दर गुरुङले तिलोत्तमालाई ब्याडमिन्टन तथा पर्यावरणमैत्री नगरपालिका बनाउने उद्धेश्यसहित प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । जिल्लास्तरीय प्रतियोगिता लगत्तै प्रदेश तथा राष्ट्रियस्तरको ग्रतियोगिता आयोजना गर्ने तैयारी भैरहेको भन्दै गुरुङले तिलोत्तमामा ब्याडमिन्टन महोत्सव गर्ने जानकारी दिनुभयो ।
प्रतियागिताका लागी क्लवले भारतिय अण्डर १९ च्याम्पियन खेलाडी सुशान्त सिंह राजपुतलाई मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरेको गुरुङले बताउनुभयो । बालबालिकाहरुमा अन्तरनिहित प्रतिभालाई निखार्दै प्रोफेशनल खेलाडी उत्पादन गर्ने गरि आयोजित विद्यालयस्तरीय किड्स एण्ड टिन्स छनौट प्रतियोगितामा गल्र्स र ब्वाईज तर्फ सिंगल इभेन्ट्समा भिडन्त हुनेछ भने सेवा निवृत सेना र प्रहरी भने डबल्सका लागी भिडनेछन ।
प्रतियोगितामा सहभागी हुनका लागी प्रतियोगि विद्यार्थीको सक्कली जन्मदर्ता, विद्यालयको आइडी कार्ड तथा सिफारिस पत्र आवश्यक पर्ने आयोजक लुम्बिनी स्पोर्ट्स क्लवका उपाध्यक्ष राजेन्द्र गुरुङले जानकारी दिनुभयो । करीव ३ लाख खर्च अनुमान गरिएको प्रतियोगितामा माउण्ट एभरेष्ट कत्था मिल्सको मुख्य प्रायोजन रहेको छ । प्रतियोगिताका लागी भदौ २८ गतेसम्म नाम दर्ता गर्न सकिनेछ । पत्रकार सम्मेलनमा क्लवका मुल्याकंन तथा अनुशासन समिति संयोजक निर बहादुर राना, सचिव विष्णु दगामी, सदस्यहरु डोब बहादुर राना तथा राजकुमार क्षेत्री लगायतको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्