
तिलोत्तमा,भाद्र २२ गते २०८१। यस क्षेत्रमै ख्याति कमाएको रुपन्देहीकै प्रतिष्ठित फुटबल प्रतियोगिताको २२ औं संस्करण लिस्नु कप शुरु भएको छ। लिस्नु कपको २२ औं संस्करण रुपन्देहीको तिलोत्तमा-१५ कोटिहवामा दिउसो ४ बजे एक औपचारिक कार्यक्रमका बीच सुरु भएको हो। उद्घाटन खेलमा समपुर्ण एफ सी सुपौली र देवदह ब्वाईज देवदह बीचको रोमाञ्चक प्रतिष्पर्धा भएको सचिब मनोज कुमार क्षेत्रीले बताए।
उद्घाट्न खेलको औपचारिक समुद्घाटन क्षेत्र नम्बर १ का माननीय संघिय साम्सद छबिलाल बिश्वकर्माले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै माननीय साम्सद विश्वकर्माले खेल जगतमा ईतिहास रचेको लिस्नु कप संगै रुपन्देहीको फुटबल र अन्य खेल क्षेत्रको समग्र बिकासमा आफु सधै प्रतिबद्ध रहेको बताउनुभएको छ। उहाँले जस्तो सुकै परिस्थितिमा पनि युवाहरुले समाजलाई एकीकृत गर्न र खेल जगतबाट स्वास्थ्य र रास्ट्रका निम्ती ठुलो योगदान गरेको समेत बताउनुभयो।
क्लबका अध्यक्ष तिर्थराज मल्लको अध्यक्षतामा भएको उद्घाटन खेलमा समपूर्ण एफ सी सुपौलीले देवदह ब्वाईजलाई ० का बिरुद्ध ५ गोलको अन्तरले पछाडी पार्दै बिजयी भएको हो। सुपौलिको तर्फबाट खेलको १४ मिनेटमा जर्सी नम्बर ७ का सृजन राज गौतमले खाता ओपनिङ्ग गर्नुभयो भने उहाँले खेलको ५३ मिनेट र ५९ मिनेटमा पुन: २ गोल गरि खेलमा ह्याट्रिक समेत गर्नुभयो। त्यस्तै सुपौलिको तर्फबाटै जर्सी नम्बर ९ का पूर्ण बहादुर गुरुङले खेलको ३५ र ४६ मिनेटमा लगातार २ गोल गर्नुभएको थियो। लगातार गोलको बर्षात भए संगै देवदह ब्वाईज कैयौ कोसिस गरेपनी ० मै सिमित भयो। खेलमा म्यान अफ द म्याच सुपौलिको तर्फबाट जर्सी नम्बर ७ का सृजन राज गौतम बन्दै नगद रु ८ हजार संगै बिशेष गिफ्ट ह्यामप्र समेत प्राप्त गर्नुभयो। आइतबारको खेल सञ्जिविनी युवा क्लब, देवीनगर विरुद्ध नवलपरासी ११, नवलपरासी बीच हुने आयोजकले जनाएको छ l
३ लाख २५ हजार रुपैयाँ राशीको फुटबल प्रतियागिता कोटिहवा स्थित पशुपति माध्यामिक बिद्यालयको खेल मैदानमा सञ्चालन भैरहेको छ। प्रतियोगिता भदौ २२ गते देखि असोज ३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।प्रतियोगितामा यस पटक लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलपस्तु, पाल्पा र गण्डकी प्रदेशको स्याङजा जिल्ला गरि १२ टोलीको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी दिनुभयो।लिस्नु कपलाई स्थानियले एक पर्वको रुपमा मनाउने गर्दछन , स्थानिय जनसहभागिता संगै महिला सहभागिता पनि खेल हेर्नका लागि बढ्दो छ।
कमेन्ट गर्नुहोस्