
तिलोत्तमा, भदौ १४ गते २०८१।रुपन्देहीको पुरानो मध्येको एक लिस्नु कप फुटबल प्रतियोगिताको २२ औं संस्करण अर्को साता सुरु हुने भएको छ । आयोजक लिस्नु युवा क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता भदौ २२ गते देखि असोज ३ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ ।प्रतियोगितामा यस पटक लुम्बिनी प्रदेशका रुपन्देही, नवलपरासी, कपिलपस्तु, पाल्पा र गण्डकी प्रदेशको स्याङजा जिल्लाको सहभागिता रहने लिस्नु क्लबका अध्यक्ष तिर्थ राज मल्लले जानकारी दिए ।
रुपन्देहीको कोटिहवास्थित पशुपति उच्च माविको मैदाननमा नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा १२ टोलीको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार रुपैयाँ तथा दोस्रो हुने टोलीले १ लाख ६५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सेमिफाइनल पुग्ने दुई टोलीले पाउने अघिल्लो बर्षको पुरष्कार भने यो बर्ष कटौति गर्दै बिजेता र उपविजेतामा बढाईएको आयोजकले जनाएका छन् ।
विजेताको पुरस्कार राशी सिद्धार्थ ईट्टा उद्योगबाट प्रायोजन भएको प्रतियोगिता संयोजक कृष्ण गुरुङले जानकारी दिए ।सिद्धार्थ ईट्टा उद्योगका संचालक लक्ष्मी पाठकले आफ्ना स्वर्गिय पति कमलराज पाठकको सम्झानामा पुरस्कार राशी प्रायोजन गरेको बताएका छन् । पतिको नाममा फुटबल प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुसी लागेको लक्ष्मीका छोरा अभिषेक पाठकले बताए ।
२२ औं लिस्नु कप नक आउट फुटबल प्रतियोगितामा तिलोत्तमा वडा नम्बर-१५ ले सहप्रायोजन गरेको क्लबका सचिव मनोज क्षेत्रीले बताए । सचिव क्षेत्रीका अनुसार प्रतियोगिताको तयारी तिब्र रुपमा अघि बढेको र अन्य प्रायोजक आउने क्रम पनि जारी रहेको बताए ।
पत्रकार सम्मेलनमा क्लबका पुर्व अध्यक्ष एबं तिलोत्तमा नगरपालिका वडा नम्बर-१५ का वडा अध्यक्ष खेमराज गुरुङले रुपन्देहीकै प्रतिष्ठित एबं पुरानो प्रतियोगितामा स्थानीय साधन श्रोतबाट सञ्चालन भइरहेकोले यसलाई अझ परिष्कृत गर्दै यस क्षेत्रकै ठुलो धन राशिको फुटबल प्रतियोगिता गराउन आफु प्रतिबद्ध रहेको कुरा ब्यक्त गरे । प्रतियोगितामा झन्डै साढे १६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष तिर्थराज मल्लले जानकारी दिए ।
प्रतियोगितामा आयोजक लिस्नु क्लब, रुपन्देही ठुटिपिपलको नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, बुटवलको गोर्खा ब्वाईज, रुपन्देहीको फर्साटिकर फुटबल क्लब, संजीवनी युवा क्लब,झरना स्पोर्टस क्लब, समपुर्ण युवा क्लब,देवदह ब्वाईज, स्याङ्गजाको वालिङ्ग एफ सी,पाल्पा-११ , नवलपरासी -११ ,कपिलबस्तु-११ ले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।
नकआउटका आधारमा हुने प्रतियोगितामा
प्रतियोगिता पुस्कार
विजेता – ३ लाख २५ हजार रुपैयाँ
उपविजेता – १ लाख ६५ हजार रुपैयाँ
सर्वोकृष्ट खेलाडी – २५ हजार रुपैयाँ
सर्वाधिक गोलकर्ता – ११ हजार रुपैयाँ
उत्कृष्ट गोलरक्षक – ११ हजार रुपैयाँ
राईजिङ प्लेयर– ११ हजार रुपैयाँ
हरेक खेलको म्यान अफ द म्याच -४ हजार रुपैयाँ
अनुशाशित १ टिमलाई आकर्षक ट्रफी
उत्कृस्ट दर्शकलाई बिशेष गिफ्ट ह्याम्पर
कमेन्ट गर्नुहोस्