लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

योग्य जनशक्तिको उपयोग गरौ :केशव पराजुली

IMG

नेपालमा १७ औं शताब्दीमा सिंह दरबार, काठमाडौं मा बैधखाना औषधालय स्थापनासंगै नेपालमा स्वास्थ्य प्रणाली सुरु भएको मानिन्छ। क्रमसंगै बिर अस्पतालको स्थापनापछि नेपालमा आधुनिक स्वास्थ्य प्रणाली सुरु भयो। बि.स.२०४६ को राजनीतिक परिवर्तनसंगै  बि.स.२०४८ सालको नेपालको स्वास्थ्य निति संगै 1978 AD अल्मा अटा कन्फेरेन्सले समुदायस्तरमै न्युनतम आधारभूत स्वास्थ्य सेवा बिस्तार गर्ने नितिसंगै हरेक गाउँ बिकास समितिमा उप-स्वास्थ्य चौकी स्थापना गर्ने र जनशक्ति ब्यबस्थापन अन्तर्गत विद्यार्थी अध्यापन गराउदै  स्वास्थ्यकर्मी जनशक्ति उत्पादन गरिरहेको CTEVT अन्तर्गतका बिद्यालय/ क्याम्पसहरुले उत्पादन गरेको जनशक्ति  CMA(कम्युनिटि मेडिकल असिस्टेन्ट) ,CMA  भन्नाले  १८ महीना  SLC सरहको स्वास्थ्य सम्बन्धि तालिम प्राप्त  जनशक्ति जुन NHPC (नेपाल स्वास्थ्य व्यावसायि परिषद )मा C ग्रडे अन्तर्गत दर्ता छ उक्त जनशक्ति लाइ SLC सरहको जनशक्ति बुझिन्छ उच्च शैक्षिक योग्यता हासिल गर्न ११ कक्षा मा पुनः भर्ना भइ अध्ययन अगाडि बढाउनु पर्ने हुन्छ।उक्त जनशक्ति लाइ समुदाय स्तरमा विशेष गरि खोप कार्यक्रम संचालन  गर्न CMA अध्ययन पुरा गरेको जनशक्तिलाइ लोक सेवा आयोग मार्फत वा करार सेवा सम्झौता गरि स्थायी गरि उप स्वास्थ्य चौकीमा इन्चार्ज रहने र समुदाय स्तरमा  स्वास्थ्य सेवा प्रबाह गर्ने गरि नियुक्ति गरियो।


यसैगरी हरेक तत्कालीन  इलाका अन्तर्गत स्वास्थ्य चौकी स्थापना  गरि उप स्वास्थ्य चौकीको अनुगमन मुल्यांकन प्रतिबेदन गर्ने गरि थप आधारभूत सेवा सहित बिरामी जाच परामर्श सहितका अन्य आधारभूत स्वास्थ्य  कार्यक्रम सन्चालन गरियो ।  दरबन्दी जनशक्ति ब्यबस्थापनमा HA(हेल्थ असिस्टेन्ट ) को  नेतृत्वमा HA इन्चार्ज रहनेगरि जनशक्ति ब्यबस्थापन गरियो HA  स्वास्थ्य सम्बन्धी तिन बर्षको ACADEMIC कोर्स जुन १२ बिज्ञान बिषय वा सो सरहको जनशक्ति बुझिन्छ।उच्च शैक्षिक योग्यता हासिल गर्न परेमा १२ बिज्ञान बिषयले भर्ना हुन पाउने सबै स्नातक तहका शैक्षिक कार्यक्रममा भर्ना हुन पाउछन्। हरेक निर्वाचन क्षेत्रमा प्राथमिक उपचार केन्द्र स्थापना गरियो जनशक्ति ब्यबस्थापनमा MBBS डाक्टरको नेतृत्वमा उपचार सहितको सेवा प्रबाह हुने गरि संरचना निर्माण गरियो ।जिल्ला तहमा जिल्ला अस्पताल, अञ्चल तहमा अञ्चल अस्पताल हुदै केन्द्रिय अस्पताल सम्म स्वास्थ्य सेवा सम्बन्धित संरचना  ब्यबस्थापन भयो ।


उप स्वास्थ्य चौकी देखि केन्द्रिय अस्पताल सम्म विविध स्वास्थ्य सेवा प्रबाह हदै आइरहेकोमा पुनः नेपाल सरकारको निर्णय अनुसार सम्पुर्ण उप स्वास्थ्य चौकीहरुलाइ स्वास्थ्य चौकीमा स्तरुन्नोति गर्ने निर्णय र HA को नेतृत्वमा थप ब्यबस्थित र गुणस्तरयुक्त आधारभूत स्वास्थ्य सेवा प्रबाह गर्ने सरकारको लक्ष्य अनुरुप HA इन्चार्ज रहनेगरि तपसिल अनुसारकै संरचनाको स्वास्थ्य चौकीहरुमा  रिक्त दरबन्दी लोक सेवा आयोमा माग भएसंगै उहाँहरुको स्वास्थ्य सेवा भाबको चोर प्रवृत्तिको प्रदाफास हुने डरले सुरु नियुक्ति चौथो भएको शैक्षिक योग्यता CMA वा सो सरह मात्र भएका र चौथो पदमा नै कामकाज गर्नेगरि  स्तर वृद्धि भइ छैठौं सम्म पुगेका उहाँहरुलाइ दिउसै रात पर्यो १०५ डिग्रीको हनहनि ज्वरो सुरु भयो उक्त ज्वरो र बिरामीपन र दिवा सपनापन उहाँहरुलाइ आजसम्म ठिक नै भएन रत सुरु गर्नु भयो विभिन्न किसिमका छल छाल र जाल बुन्न निति निर्माता र ब्यबस्थापकका घरमा झोलाको पोको कस्न र गहभरि असत्यको आसु बहक्न सुरु गर्नुभयो।आफु भन्दा कम उमेर र बढी शैक्षिक योग्यता भएका HA जनशक्तिको कनिष्ठ भइ सेवा गर्न र स्विकार्न नसक्नु ठुलो भुल भुलैया भयो ।


नेपाल स्वास्थ्य सेवा ऐन २०७० (संसोधित ) अनुसार सुरु नियुक्ति चौथो अ.हे.ब. गरेका स्थाइ स्वास्थ्यकर्मि ५ बर्षमा १ तह स्तर वृद्धि हुन्छन् पाँचौ तहमा पछि आठ बर्षमा छैठौं तहमा सेवाकालमा दुइ तह वृद्धि सुरु नियुक्ति र शैक्षिक योग्यता देखि तर स्तरवृद्धिको पत्रमा जुन तहबाट स्तवृद्धि भएको हो सोहि तहमा कामकाज गर्नुपर्नेछ भन्ने पत्रको बुदालाइ समेत लत्याउने र सुरु नियुक्त पाचौं सहित शैक्षिक योग्यता HA भएका स्वास्थ्यकर्मी हरु संग जुँगाको लडाइँ लड्ने र साम नाम दण्डभेद ,कुशासन,मुद्दा समेत दर्ता गर्ने र असत्यको हाबि गरि जित दर्ता गर्न खोज्ने इतिहास देखिको निरन्तरतामा  पुनःनेपालको संविधान २०७२ अनुसार  देश संघीय संरचनाको परिकल्पना अनुसार पुनः कर्मचारी समायोजन ऐन २०७५ का बखत पुन चाप्लुसि चम्चागिरि र विभिन्न प्रलोभन र चोर बाटोबाट HA कर्मचारीहरुको ससक्त बिरोध हुदाहुदै स्वास्थ्य मन्त्रालयमा समेत HA लाई निषेधको   चक्रभ्युमा पारि  स्वास्थ्य  चौकी दरबन्दी संरचना तहगतमा लिपिबद्द  गरिसकेका  झुठको खेती गर्न र नियम लाइ अनियम र नियमित लाइ अनियमित  मात्र बनाउन  पल्केकाहरु पुन: लुम्बिनी प्रदेशको स्थानीय सेवाको गठन सन्चालन र सेवाको सर्त सम्बन्धमा  ब्यबस्थापन गर्न बनेको विधेयक २०८१ मा हाल  सहायक चौथो देखि सुरु नियुक्ति देखी सुरु नियुक्ति  सातौ सम्म सबै स्वास्थ्य,जनस्वास्थ्यकर्मीहरु सबैको बर्खिलाफमा  जननिर्वाचित प्रदेश सभा सदस्यहरुलाई पुर्णरुपमा भ्रममा राखी  चौथो तहबाट लोक सेवा प्रबेश गरि अन्य कुनै परीक्षा नदिइ पांचौ, छैठौं, सातौं हुँदै आठौं र आठौं तहमा पनि आफ्नो जेष्ठता कायम गराइ कायसम्पादन र क्षमताको मुल्यांकन बाट जेष्ठताको आधारमा उपसचिव बन्ने बाटो राखेर शैक्षिक योग्यताको धज्जि उडाउने र  योग्य जनशक्तिको सेवा प्रवेश स्तरउन्नतिमा अन्कुस लगाउने कार्य को घोर बिरोध सहित घोर आपत्ति जनाउदछौ ।  

 -केशव पराजुली 

नेपाल हेल्थ असिस्टेन्ट असोसियसन नेपाल 

ओमसतिया गाउपालिका 

(सदस्य जिल्ला हान कार्यसमिति रुपन्देही )


कमेन्ट गर्नुहोस्