लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले सम्बद्ध बिद्यार्थी संगठनको भैरहवा क्याम्पसमा दादागिरी, क्रान्तिकारीले जनायो बिरोध

IMG

तिलोत्तमा, भदौ ५ गते २०८१।त्रिभुवन विश्वविद्यालय अन्तर्गत भैरहवा बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीले गरेको बिरोध र शान्ति पूर्ण आन्दोलनलाई नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आफ्नो रवाफ देखाएको भन्दै अखिल क्रान्तिकारीले भत्सर्ना गरेको छ।  विभिन्न माग सहितको ब्यानर गेट अगाडी टाँसेको अखिल क्रान्तिकारीको बिरोध ब्यानर अनेरास्ववियुले च्यातेको र क्याम्पसको कर्मचारी लाई समेत दुर्व्यवहार गरेको भन्दै त्यस घटनाले विद्यार्थीको हक हितमा लाग्ने बिद्यार्थी संगठनको रवाफको पराकास्ठा भन्दै त्यस्तो दुर्व्यवहार सच्याउन अखिल क्रान्तिकारीका अध्यक्ष मनिष ढकालले आग्रह गरेका छन्। 


भिडियोमा देखिए अनुसार एमाले निकट बिद्यार्थी संगठनका नेता नै रहेका बिद्यार्थीहरुले कर्मचारीको कागजात मन्जुरी बिना लिएको र धकेलाधकेल गरेको समेत देख्न सकिन्छ।  उता बिरोधको लागि टाँसिएको वालमा राखेको ब्यानर च्यातेर फालिदिएका छन् । ल हेर्नुस यो भिडियो। 


एक डिजिटल बिज्ञप्ति जारि गर्दै उनले लेखेका छन्-मान्छेमा लाज, ईज्जत भन्ने नि हुनुपर्छ नि !

आजको क्याम्पस २ घटना

१)पहिलो घटना=)अनेरास्ववियु भैरहवा बहुमुखी क्याम्पस मुल इकाई कमिटी अध्यक्ष बिबेक भण्डारि द्वारा हाम्रो गौरवशाली संगठन अखिल क्रान्तिकारिको ब्यानर च्यात्ने अनैतिक कार्य गर्न पुग्नु भयो।

२)दोस्रो घटना=)अनेरास्ववियुका पुर्व क्याम्पस कमिटी अध्यक्ष सरोज ठकुरिले क्याम्पसमा गुण्डा गर्दी रुपमा आफ्नो चरित्र प्रष्ट पार्नुभएको छ, क्याम्पसको सबै भन्दा पुरानो कर्मचारी राजकुमार दाइ माथी भएको अनिष्ट व्यवहार हामिले हेर्न सक्छौ , एउटा डायरिको लागि अभद्र व्यवहार गरेको हामिले भिडियो मार्फत हेरिसकेका छौ।


आजको यी दुई घटनामा मुख्य आरोपी त दुई ब्यक्ती भए एक विवेक भण्डारि अर्का सरोज ठकुरी ...

भनिन्छ नि अपराध गर्ने जति अपराध हेरेर बस्ने अपराधी हुन्छन भनेर त्यस्तै अपराध हेरेर बस्ने अपराधी हुन स्व.वि.यु. सभापति सागर न्यौपाने र स्व.वि.यु. पदाधिकारीहरु हुन । यो सबै गर्नुको कारण क्याम्पसमा नयाँ भर्ना खुलेको छ र यी गतिविधिहरुले अखिल क्रान्तिकारिलाई उक्साएर क्याम्पस बन्द गरि विद्यार्थीहरुलाई प्राईभेट क्याम्पसमा भर्ना गराई कमिसन खाने उदेश्य लिएर अघि बढेका यी देशकै ठूलो विद्यार्थी संगठन हु भनेर धाक लगाउने टोलिलाई हामी बताउन चाहन्छौ कि हामी यस्ता षडयन्त्रमा फस्ने छैनौ हामी बिरोध नि शान्तपुर्ण गर्ने संगठन हो।


विद्यार्थीका समस्या समाधान गर्ने भएर हामिलाई विद्यार्थी नेता भनेर भन्छौ तर यस्ता गतिविधि गर्ने नेताहरु त फटाहा नै हुन यिनिहरुबाट केही सिक्ने यिनिहरुका अनुयायी पनि गलत बाटोमा रहेकोमा चिन्ता समेत लागेको छ।


क.मनिष ढकाल

अध्यक्ष 

अखिल क्रान्तिकारी 

भैरहवा बहुमुखी क्याम्पस मुल ईकाई कमिटि 

कमेन्ट गर्नुहोस्