लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सुशासनको लागि मिडियाको खवरदारी आवश्यक: प्रमुख प्रशासकिय अधिकृत सापकोटा

IMG

तिलोत्तमा,साउन २१ गते २०८१। देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटाले पत्रकारीताको माध्ययमबाट स्थानिय निकायमा सुशासन कायम हुन सक्ने बताएका छन् । पत्रकार र सञ्चार माध्यमले स्थानिय निकायमा हुने हरेक गतिबिधिहरुलाई निष्पक्ष रुपले खवरदारी गर्न सके विकास र सुशासनमा सहयोग पुग्ने उनले बताए ।


रुपन्देहीको देवदहमा आज सम्पन्न विद्यालयका सूचना अधिकारीहरुसँग अन्तरक्रिया एवम् आधारभुत समाचार लेखन तालिम समापनको अवसरमा बोल्दै प्रशासकिय अधिकृत सापकोटाले यस्तो बताएका हुन् । अधिकृत सापकोटाले शैक्षिक क्षेत्रको सुधारका लागि समेत पत्रकारीताको भुमिका महत्वपूणर् हुने सो अवसरमा बताए । 

कार्यक्रममा बोल्दै नगर प्रबक्ता गणेश डुम्रेले सञ्चार माध्यमहरुले नकारात्मक संगै सकारात्मक समाचारलाई समेत महत्व दिनुपर्नेमा जोड दिए । आम सञ्चार माध्यमबाटै हरेक विषयको धारणा बन्ने भएकाले त्यसतर्फ सचेत हुन तालिमका  सहभागिलाई उनले आग्रह गरे । सेतोमसी डिजिडल पत्रिकाको आयोजनामा भएको तालिम समापनको अवसरमा बोल्दै नगर प्रबक्ता डुम्रेले विद्यालय शान्ति क्षेत्र भएपनि कतिपय अवस्थामा गलत सूचना र समाचारका कारण द्धन्द्ध श्रीजना हुने गरेको उल्लेख गरे । 


कार्यक्रमको उद्धेश्य बारे जानकारी गराउँदै सेतोमसीका सम्पादक बिष्णुप्रसाद पोखरेलले देवदहलाई मिडिया नगरीको रुपमा विकास गर्दै लैजानुपर्ने बताए । त्यसको पुर्वाधार तयार गर्न पनि हरेक विद्यालय र संघसंस्थामा पत्रकारीताको आधारभुत ज्ञान दिन आवश्यक रहेको उनले औंल्याए ।सोही अवसरमासहभागिको तर्फबाट बोल्दै कालिका आधारभुत विद्यालयका प्रधानाध्यापक तेजबहादुर अर्याल र ग्रिनप्लान्ट आवासीय माविका शिक्षक धनमाया शर्माले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्ने बताए । विद्यालयका नियमित गतिबिधिलाई सञ्चार माध्यम सम्म पुर्यावउनका लागि तालिम उपयोगि हुनेमा उनिहरुले जोड दिए ।रोटरी क्लब अफ देवदहको सहयोगमा भएको तालिममा देवदहका सामुदायिक र संस्थागत गरि बिभिन्न ३८ वटा बिद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो । तालिमको सहजिकरण सेतोमसी अनलाइन पत्रिकाका कार्यकारी सम्पादन पवन पौडेलले गरेका थिए ।



कमेन्ट गर्नुहोस्