लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चलचित्र ‘नमेटिने घाउ’मा स्वराङ्कन गर्दै प्रधानमन्त्री :-

tillotmacitynews - 2024 Aug 04 06:50 AM
IMG

तिलोत्तमा,साउन २० गते २०८१।प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र ‘नमेटिने घाउ’का लागि स्वराङ्कन गरेका छन् ।शनिबार अनामनगरमा रहेको एक स्टुडियोमा पुगेर उनले आफ्नो दृश्यको स्वराङ्कन गरेका हुन् ।एसिड आक्रमणमा परेका ३३ किशोरीको कथालाई समेटेर तयार गरिएको चलचित्रमा उनले केही अगाडि अभिनय गरेका थिए । ‘एसिड आक्रमणका पीडितले न्याय पाउनेछन्, तपाईंहरुको समस्याको समाधान म गर्छु, न्याय दिन्छु । तपाईंहरुले एसिड आक्रमणविरुद्ध सञ्चालन गर्नुभएको अभियानलाई निरन्तरता दिनुहोस्…,’ यस्तै संवादमा प्रधानमन्त्री ओलीले स्वराङ्कन गरे चलचित्रका निर्देशक तथा अभिनेता रमित ढुङ्गानाले जानकारी दिए ।चलचित्रमा अभिनयका लागि आफूले गरेको अनुरोधलाई प्रधानमन्त्री ओलीलाई सहर्ष स्वीकार गरेकोप्रति उनले आभार व्यक्त गरे । ‘प्रधानमन्त्रीज्यूले कला क्षेत्रलाई गर्ने मायाको यो एउटा सानो उदाहरण हो । व्यस्त तालिकाबाट चलचित्रमा स्वराङ्कन गर्नुभयो । यस चलचित्रले एसिड आक्रमणमा पर्नुभएकी किशोरीहरूलाई आत्मबल प्रदान गर्नुका साथै यो यस्ता अपराध नगर्न सचेतना बढाउँछ’, निर्देशक ढुङ्गानाले भने।


चलचित्रमा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सांसद ज्ञानेन्द्र शाहीले पनि अभियन गरेका छन् ।

शिवम् अधिकारीको कथा लेखन रहेको चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभातपाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह, सुरवीर पण्डित, सुनिल कटुवाललगायतका कलाकारले अभिनय गरेका छन् ।

कमेन्ट गर्नुहोस्