
७ साउन २०८१,तिलोत्तमा।असोजको ३ गतेबाट रिलिजमा आउन लागेको फिल्म आउटलः दफा २१९’ नायक सुशिल श्रेष्ठको लागि विशेष बन्ने देखिएको छ । यो फिल्मको सार्वजनिक टिजरमा सुशिललको एङ्ग्री एक्सन अवतारले यस्तै संकेत गरेको हो।विक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् ।विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रुपमा छन् ।फिल्ममा नविन गुरुङको डीओपी, चुल्ठे काजीको एक्सन निर्देशन, साहिल खानको सम्पादन छ ।यो फिल्ममा सुशिल श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहारी लगायतका कलाकारहरुको अभिनय छ ।
सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ । सम्पादक साहिलले आकर्षक ब्याक ग्राउन्ड म्युजिकका साथमा टिजर तयार पारेका छन् ।टिजरमा सुशिलको इन्ट्री गज्जब छ । अन्तिममा उनको एङ्ग्री अवतारले दर्शकको मन जित्ने देखिन्छ ।फिल्मको मेकिङ उच्च देखिएको छ । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने यसको निर्माणपक्षको दाबी छ । फिल्मको फस्टलुक रिलिज भएसँगै यसको चर्चा पनि चुलिएको छ ।
कमेन्ट गर्नुहोस्