लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपालगन्जमा चार सयलाई खोज र उद्धारको तालिम

tillotmacitynews - 2024 Jul 18 05:18 PM
IMG

तिलोत्तमा सिटी २०८१ साउन ३ गते । विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। 


चार सय जनालाई कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिनुभयो। नेपालगन्जमा सञ्चालन गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाले गर्दा विपद् व्यवस्थापन तथा पूर्व तयारीका विभिन्न प्रभावकारी काम गरिएको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो। 


उपप्रमुख राईले नगरमा विपद् व्यवस्थापनका लागि सञ्चालित परियोजनाले ठुलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को समयमा प्रभावकारी कार्य गर्ने क्षमता विकास भएको बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी बाँके सभापति गोवर्द्धन सिंह सम्झनाले नेपालगन्जका केही पुराना बस्ती भूकम्पको धेरै ठुलो जोखिममा रहेकोले सञ्चालन गरिएको आवासीय बिमा कार्यक्रमले निकै राहत पुग्ने बताउनुभयो। 


विपद् समिति नेपालगन्जका संयोजक समिरप्रताप सिंहले कुनै पनि विपद्का लागि नेपालगन्जलाई नयाँ तरिकाले पूर्ण रूपमा तयार पारिएको जनाउँदै क्षतिलाई कम भन्दा कममा सीमित पार्ने योजना रहेको बताउनुभयो। 

कमेन्ट गर्नुहोस्