लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कोहलपुरमा बृहत् वृक्षारोपण, एकै दिन हजार बिरुवा रोपियो

tillotmacitynews - 2024 Jul 17 06:14 PM
IMG

तिलोत्तमा सिटी, २०८१,साउन २ गते ।  बाँकेको कोहलपुर नगरपालिकामा बृहत् वृक्षारोपण गरेर एकै दिन विभिन्न प्रजातिका एक हजार बढी बिरुवा रोपिएको छ। कोहलपुर ८ मा आठ सय र कोहलपुर ३ मा दुई सय गरेर एकै दिन एक हजार बढी बिरुवा रोपिएको हो। 


साउने सङ्क्रान्तिको अवसर पारेर नेपाल मगर सङ्घ नगर कार्यसमिति कोहलपुरको आयोजनामा वडा नम्बर ८ स्थित शीतल वन वाटिकामा मंगलबार विभिन्न प्रजातिका आठ सय बिरुवा रोपिएको सङ्घका अध्यक्ष कृष्णबहादुर पुनले जानकारी दिनुभयो। उहाँका अनुसार धुपी सल्ला, अमला, बेल, अम्बा, छतिवन, गोल्डमोर, पारिजात, कपुर, सितलचिनी लगायतका बिरुवा रोपिएको हो।  हरित नगर अभियानलाई सफल पार्ने उद्देश्यका साथ वन वाटिकामा बिरुवा रोपिएको नेपाल मगर सङ्घ नगर समितिले जनाएको छ।  राष्ट्रिय युवा सङ्घ नेपालको कोहलपुर नगर कमिटीले वडा नम्बर ३ मा रहेको हिमालय मदरसा गरिब नवाज विद्यालयमा दुई सय बिरुवा रोपिएको युवा सङ्घका नगर कमिटी अध्यक्ष मानस शाहीले बताउनुभयो। 


शीतल छाया सामुदायिक वन उपभोक्ता समूह मातहत रहेको सो वन वाटिका र मदरसामा वृक्षारोपण गरिएको कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो। वन वाटिकाका लागि नगरपालिकाले समेत बिरुवा उपलब्ध गराएको जनाउँदै स्थानीय सरकारले सो वन वाटिकालाई पर्यटनसँग जोड्ने गरी प्राथमिकतामा राखेको वडा नम्बर ८ का वडाध्यक्ष लालबहादुर रानाले बताउनुभयो।

कमेन्ट गर्नुहोस्