लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्रीको कार्यभार प्रचण्डलाई

tillotmacitynews - 2024 Jul 12 07:38 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को सरकार गठन नभएसम्म मन्त्रिपरिषद्ले गर्ने कार्य सञ्चालनको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोक्नुभएको छ। 


प्रतिनिधिसभामा विश्वासको मतका लागि राख्नुभएको प्रस्ताव संसदबाट पारित हुन नसकेको व्यहोरा सभामुखबाट प्राप्त भएपछि राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को कार्यभार प्रचण्डलाई नै तोक्नुभएको हो। 


राष्ट्रपति पौडेलले संविधानको धारा ७७ को उपधारा ३ बमोमिज अर्को मन्त्रिपरिषद् गठन नभएसम्म यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्नेगरी जिम्मेवारी तोक्नु भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो।  

कमेन्ट गर्नुहोस्