
तिलोत्तमा, असार २६ गते २०८१। रुपन्देहीको सैनामैनामा एक जना पत्रकारमाथि कुटपिट भएको छ । सैनामैना नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीसंग पटक पटक करिव १ करोड ५० लाख रुपैयाको आय व्यय सोध्दा सैनामैनाका पत्रकार टिका खरेलमाथि हातपात भएको हो। लुम्विनी प्रदेश सरकार, नमुना विद्यालय अनुदान र विद्यालयको स्रोतमा ९९ लाख रुपैयाँ लगानीमा निर्माण गरिएको विद्यालय भवन र विद्यालयको स्वर्ण महोत्सवमा उठेको करिब ५० लाख रुपैयाँको आय व्यय विवरण खरेलले माग गरेका बताए ।
बिद्यालयमा उपस्थित हुन आग्रह गर्दै पत्रकार खरेल बिद्यालयमा प्रवेश गर्न लाग्दा उनीमाथि हातपात भएको खरेल बताउछन। आफू विद्यालयमा नभएको बेलामा खरेल विद्यालय आएपछि सुरक्षा गार्डसँग भनाभन भएर विवाद हुँदा सामान्य धकेलाधकेल भएको प्रधानाध्यापक पुरीले बताए । सैनामैनाको मलमला एफ.एमका स्टेशन म्यानेजर टिकाराम खरेललाई सैनामैना नमुना माध्यमिक विद्यालयका सुरक्षा गार्ड छविलाल शर्माले विद्यालय परिसरमै कुटपिट गरेका हुन् । खरेल प्रेस चौतारी रुपन्देहीका सचिवालय सदस्य हुन् ।
कुटपिटपछि घाइते पत्रकार खरेलले दोषीमाथि कारबाहीका लागि इलाका प्रहरी कार्यालय रन्यौरामा लिखित उजुरी दिएका छन् ।इलाका प्रहरी कार्यालय मुर्गियाका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार झगडा भएको दुवै पक्षबाट पीडितका हिसाबले निवेदन आएको हुनाले घटनाको थप अनुसन्धान भइरहेको बताए। कुनै पनि योजनाको निर्माण सम्पन्न या कार्य सम्पन्न भएपछी सो का बारेमा सुचनाको हक मार्फत जानकारी लिने नागरिकको अधिकार भएकाले खर्च आम्दानीको बारेमा सोध्दा आफुले दुर्ब्यबहार खेप्नुपरेको पत्रकार खरेलले बताए।
कमेन्ट गर्नुहोस्