लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मन्त्रालयको बाँडफाँट भइसकेको छैन: ओली

tillotmacitynews - 2024 Jul 10 05:07 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २६ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रालयको बाँडफाँट भइनसकेको बताएका छन्। नेपाली कांग्रेस र एमालेबीच कुनै पनि मन्त्रालयको भागबण्डा नभएको भन्दै उनले को—को सरकारमा सहभागी बन्छन् सोहीअनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताए। कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा मन्त्रालय प्राप्त गर्ने बुधबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले बताए। सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जाने गरी छलफल भइरहेको उनले बताए। 


‘मन्त्रालयको बाँडफाँट पनि भइसकेको छैन, यो मन्त्रालय यो पार्टीले, यो पार्टीले यो मन्त्रालय। को-को सरकारमा सामेल हुने भन्ने कुरा साधारणतया हैसियतको आधारमा, कांग्रेस र एमालेले सामान्यतया बराबरको हैसियतमा व्यवहार गर्दछन्। सामान्यतः स्ट्रेन्थको आधारमा पनि पार्टीहरूलाई स्थान निर्धारण गर्ने कुरा हुन्छ, त्यस कुरामा पनि ध्यान दिइरहेका छौँ,’ ओलीले भने।                                                                

कमेन्ट गर्नुहोस्