लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नुवाकोटका ७० जना विद्यार्थीलाई शङ्खवाद्य तालिम

tillotmacitynews - 2024 Jul 10 04:55 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २६ गते । नेपाल शान्ति एवं विकास केन्द्रद्वारा सञ्चालित नुवाकोट जिल्लाको पहिलो सामुदायिक रेडियो ‘नुवाकोट एफएम’ ले  विद्यालयस्तरका विद्यार्थीलाई शङ्खवाद्य तालिम दिने भएको छ । एक सय छ दशमलव आठ मेगाहर्जमा प्रसारण हुने सो प्रसारण केन्द्रले आफ्नो १६औँ साधारणसभाका अवसरमा आगामी साउन ७ देखि १२ गतेसम्म करिब ७० बालबालिकालाई तालिम दिने केन्द्रका सचिव श्रीराम अधिकारीले जानकारी दिए । विभिन्न विद्यालयका आठदेखि १५ वर्ष उमेर समूहका विद्यार्थी तालिममा सहभागी हुनेछन् ।  

    

नुवाकोट एफएमले गत वर्ष मङ्सिर ६ गते हरिबोधिनी एकादशीका अवसरमा बागमती प्रदेशस्तरीय शङ्खवाद्य प्रतियोगिता आयोजना  गरेको थियो । “नयाँपुस्तालाई शङ्खको महत्त्व र यसलाई बजाउने तरिकाबारे ज्ञान दिने उद्देश्यले तालिम आयोजना हुन लागेको हो,” स्टेसन म्यानेजरको पनि जिम्मेवारी सम्हाल्नु भएका अधिकारीले भने । 

कमेन्ट गर्नुहोस्