लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भैरहवा जाँदै गरेको माइक्रो तिलोत्तमामा दुर्घटना

tillotmacitynews - 2024 Jul 09 02:01 PM
IMG

तिलोत्तमा सिटी, २०८१,असार २५ गते । रुपन्देहीको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको माइक्रो बस तिलोत्तमामा दुर्घटना भएको छ । बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको माइक्रो तिलोत्तमा २ सङ्कर नगरमा अनियन्त्रित भई सडकमा पल्टिएको हो ।


बसमा सवार १६ जना मध्ये दुर्घटनामा ८ जना घाइते भएको ड्राइभरटोल प्रहरी चौकीले जानकारी दिएको छ । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम र अन्य सामान्य घाइते भएको बताइएको छ ।


चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बताएको छ ।

कमेन्ट गर्नुहोस्