लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘घरज्वाइँ’ चलचित्र असार २८ बाट प्रदर्शन हुने

tillotmacitynews - 2024 Jul 03 12:05 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १९ गते । तिलोत्तमा ३  योगिकुटीमा  नेपाली कथानक चलचित्र ‘घरज्वाइँ’ भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कलाकार खडक बहादुर पुन मगर(खबपु) ले चलचित्रको बारेमा स्पष्ट पारेका थिए । चलचित्रलाई परम्परागत कला सस्कृति तथा सामाजिक गतिविधीसँग जोडदै अगाडि लैजानुपर्नेमा उनले जोड दिए । घर ज्वाईं  का निर्माता जनक घर्ती मगरले चलचित्र रुकुमको तकसेरा गाउँमा   छायांकन भएको र चलचित्र असार २८ बाट प्रदर्शन हुने जानकारी दिएका हुन ।                


कार्यक्रममा नेपाल मगर सघं केन्द्रिय  समितिका  सहअध्यक्ष दलबहादुर बिरकटा , नेपाल मग्गर संघ केन्द्रीय समिती का उपाध्यक्ष  गिता थापा , नेपाल मगर सघं का महासचिव टेकबहादुर नाम्जाली मगर, नेपाल मगर चलचित्र  संघ का  केन्द्रिय अध्यक्ष  भिम राना,  लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नेपाल मगर सघं रुपन्देहीका  उपाध्यक्ष  थर्क बहादुर बारघरेको अध्यक्षतामा र संघका सचीव इन्दु थापा मगरको संचालनमा  सम्पन्न भएको थियो ।

कमेन्ट गर्नुहोस्