लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जङ्गली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

tillotmacitynews - 2024 Jul 01 06:23 PM
IMG

तिलोत्तमा सिटी,२०८१ असार १७ गते। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जङ्गली च्याउ नखान आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सूचना निकाल्दै यस्तो आग्रह गरेको हो ।


पछिल्लो सयम जङ्गली च्याउ खाएर मृत्यु भएका घटना बढ्दै गएपछि केन्द्रले यस्तो आग्रह गरेको हो । जङ्गली च्याउ विषालु हुन सक्ने भएकाले खाली हातले नछुन समेत केन्द्रको सुझाव छ । वर्षा ऋतुको आगमनसँगै जङ्गली च्याउहरू उम्रिन थाल्छन् । जङ्गली च्याउहरू विषालु हुने भएकाले च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्युसमेत हुने गर्छ । केन्द्रका अनुसार जङ्गली च्याउमा पकाउँदा पनि च्याउमा हुने विष कम हुँदैन ।

कमेन्ट गर्नुहोस्