लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाली वेभ सिरिज 'स्वस्तानी भर्सेस ग्याङ्ग'को पहिलो श्रृंखला युट्युबमा

tillotmacitynews - 2024 Jun 28 11:57 AM
IMG

तिलोत्तमा सिटी,२०८१ असार  १४ गते । कार्टुन क्रुको प्रस्तुतीमा तयार भएको वेभ सिरिज 'स्वस्तानी भर्सेस ग्याङ्ग' सार्वजनिक भएको छ । सिरिजको पहिलो श्रृंखला क्रुको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । 


सरोज अधिकारीको निर्देशनमा तयार भएको यो सिरिजमा कलाकारहरु आश्मा विश्वकर्मा, सरोज अधिकारी, लक्ष्मी गिरी, प्रताप दास, विजय अधिकारी, जिवेशसिंह गुरुङ, अभिप्सा खनाल, सोनिया लामा, निकलोस अर्याल , मानश श्रेष्ठ ,अस्मिता खनाल, रोश्नी कार्कीलगायतका कलाकारको अभिनय छ ।


डान्सरसमेत रहेका निर्देशक सरोजले सागर खनाल मिलेर यो सिरिज निर्माण गरेका हुन् । सिरिजको कार्यकारी निर्माता विजय अधिकारी हुन् । पहिलो श्रृंखलामा दुई पात्रको प्रेम देखाइएको छ । गाउँबाट आफ्नो प्रेमलाई भेट्न काठमाडौं आइपुगेकी प्रमुख पात्र अब कस्ता समस्याहरु पर्दै जालिन् ? दोस्रो श्रृंखलालाई त्यसको जवाफ दिने ठाउँ छोड्दै पहिलो श्रृंखला तयार पारिएको छ ।


पहिलो श्रृंखलामा गायक प्रताप दास कलाकारका रुपमा देखिएका छन् । यो सिरिजको कथा र पटकथा सरोज र सागरले मिलेर तयार पारेका हुन् । संकल भुजेलले खिचेको यो श्रृंखलामा सागर खनालको सम्पादन छ । सिरिजमा १० श्रृंखला समावेश छन् ।

कमेन्ट गर्नुहोस्