लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमामा भोलि पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुँदै

tillotmacitynews - 2024 Jun 28 11:24 AM
IMG

तिलोत्तमा सिटी,२०८१ असार  १४ गते। तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा तिलोत्तमा व्याडमिन्टन क्लवको व्यवस्थापनमा छैठौँ तिलोत्तमा मेयर कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता हुँदै छ। भोलि १५ गते विहान सात बजेदेखि तिलोत्तमा ब्याडमिन्टन क्लवको कभर्डहल तिलोत्तमा ६, दशनम्बरमा उक्त प्रतियोगिता हुने छ। तिलोत्तमाका स्थानिय खेलाडिहरुलाइ सहभागि गराउने उदेश्यले उक्त प्रतियोगिता गर्न लागिएको तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो। 


प्रतियोगितामा विजेताले ३५,००० रुपैयाँ सहित सिल्ड,मेडल तथा प्रमाण पत्र हात पार्नेछ भने द्धितियले २५,००० रुपैयाँ सहित सिल्ड,मेडल तथा प्रमाण पत्र प्राप्त गर्नेछ साथै तृतियले १५,००० रुपैया शिल्ड, मेडल प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडि,उदयमान खेलाडि,अनुसाशित खेलाडिलाइ पनि पुरस्कारको व्यावस्था रहेको छ।  




कमेन्ट गर्नुहोस्