
तिलोत्तमा सिटी २०८१,असार १२ गते । कपिलबस्तुमा चट्याङ लागेर दुईजनाको मृत्यु भएकोछ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए। उनीहरुकोको बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
कमेन्ट गर्नुहोस्