
तिलोत्तमा सिटी, २०८१,असार १२ गते । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना तथा समपुर्ण युवा क्लब, सुपौलीको व्यवस्थापनमा भइरहेको तेस्रो तिलोत्तमा मेयर कप वार्डस्तरीय फुटबल प्रतियोगिता अन्तर्गत आजको अन्तिम सेमिफाइनल खेल तिलोत्तमा वार्ड-१ र तिलोत्तमा वार्ड-१३ बिच भएको थियो। जसअन्तर्गत तिलोत्तमा वार्ड-१३ ले तिलोत्तमा वार्ड-१ लाइ शुन्यको विरुद्द दुइ गोल गरी फाइनलमा प्रवेश गर्न सफल भएको छ। तिलोत्तमा १३ का लागि प्रवेश क्षेत्री र विश्वास थापाले गोल गरेका हुन।
फाइनल खेल यहि असार १४ गते तिलोत्तमा-११ र तिलोत्तमा-१३ बिच हुनेछ। उक्त प्रतियोगितामा तिलोत्तमाका १५ ओटा वडाको सहभागिता रहेको छ जसमा विजेताले उपाधिसहित नगद ७५,००० रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५०,००० रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गर्नेछ साथै विधागत तर्फका पुरस्कारहरुको व्यवस्था पनि रहेको तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले जानकारी दिनुभयो।
कमेन्ट गर्नुहोस्