लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तेस्रो तिलोत्तमा मेयर कप फुटबल शुरु ,उद्घाटन खेलमा वडा नम्बर १ र ११ विजयी

IMG

तिलोत्तमा, असार ५ गते २०८१। नगर खेलकुद बिकास समिति तिलोत्तमा रुपन्देहीको आयोजनामा असार ५ गते ( आज ) बाट तेस्रो तिलोत्तमा मेयर कप वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ । तिलोत्तमा–१४ समपुर्ण युवा क्लबको खेलमैदान ( टाइगर प्यालेशको साइडमा) मा सम्पन्न उद्घाटन खेलमा तिनपा ११ ले वडा नम्बर २ लाई पराजित गरेको छ भने अर्को खेलमा तिनापा १ ले वडा नम्बर ३ लाई पराजित गरेको हो।भोलिको खेल वडा नम्बर ७ र १२ र १४ र ६का  बीच हुने नगर खेलकुद बिकास समितिका संयोजक लोक पुनले जानकारी दिए ।


तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य एबम वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले रेफ्रीलाई बल हस्तान्तरण गरी प्रतियोगिताको उद्घाटन गरेका थिए । सो अवसरमा वडा अध्यक्ष पाठकले युवाहरुलाई कुलतमा लाग्नबाट जोगाउन र खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरुको ठूलो महत्व हुने बताए । उनले खेलकुद मार्फत स्वास्थ्य र एकताका लागि युवाहरुलाई नगरपालिकाले जोडेको बताए। 


सो अवसरमा खेलकुद संयोजक लोक पुनले ग्रासरुट लेबलबाटै खेलाडी उत्पादन गर्ने र फुटबल खेलको विकासमा योगदान पु¥यााउने उद्देश्यले सो प्रतियोगिता आयोजना गरेको बताए । प्रतियोगितामा नगरपालिकाका १५ टिमको सहभागिता रहने खेल संयोजक पुनले बताए । असार १४ गतेसम्म चल्ने प्रतियोगितामा हरेक दिन बिहान ७ बजे र दिउसो ४ बजे खेल हुने छ। प्रतियोगिताको उद्घाटन कार्यक्रममा कार्यपालिका सदस्य रवि सेन्चुरी,स्थानिय समाजसेवी, क्लबका प्रतिनिधी , आमासमुहका प्रतिनिधि, खेलाडी एबम खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। 


कमेन्ट गर्नुहोस्