लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

राष्ट्रिय चेसमा पुरुषोत्तमको एकल अग्रता

tillotmacitynews - 2024 Jun 02 07:50 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ २० गते । १५ वर्षीय पुरुषोत्तम सिलवालले आइतबार राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको तेश्रो चरण सकिँदा एकल अग्रता बनाउनुभएको छ।


नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेण्ट म्यानेजमेण्टको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा युवा पुरुषोत्तमले पहिलो खेलमा दोलखाका राजीव कार्की, दोश्रो चरणमा काभ्रेका पूर्व नेपाल च्याम्पियन क्षितिज भण्डारी र तेस्रो चरणमा काठमाडौंका अर्का पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठलाई हराउनुभयो।


२११२ रेटिङ्गवाट खेल शुरु गरेका पुरुषोत्तमले ३६ रेटिङ्ग वृद्धि गर्दै आफ्नो फिडे रेटिङ्ग २१४९ पुर्‍याउनुभएको छ। प्रतियोगितामा एकल अग्रता बनाएपछि पुरुषोत्रम् हंगेरीमा हुने ४५ औं ओलम्पियाडतर्फ पनि उन्मुख बन्नुभएको छ यस प्रतियोगिताबाट खुल्ला पुरुषतर्फ तीन र महिला चार जना हंगेरीको बुडापेष्टमा सेप्टेम्बर १०–२३ सम्म हुने ४५ औं चेस ओलम्पियाडमा चयन हुने प्रावधान रहेको छ।


अर्का युवा खेलाडी एआईएम शुश्रुत दहाल पनि दुई जित र एक खेल बराबर खेल्दै अपराजित यात्रासहित दोश्रो स्थानमा बनाउन सफल हुनुभएको छ। पहिलो चरणमा नेपाल च्याम्पियन एफएम रुपेश जैसवालसँग बराबरी गर्नुभएका सुश्रुतले दोश्रो चरणमा झापाका राजन सुवेदी र तेश्रो चरणमा सिएम मिलन लामालाई पराजित गर्नुभयो।


११ चरणको राउण्ड रविन प्रतिस्पर्धापछि नयाँ नेपाल च्याम्पियन छानीने दौडमा मिलन लामा, क्षितिज भण्डारी, झापाका राजन सुवेदी र प्रकाशचन्द्र नेपाल दुई २ अंकका साथ संयुक्त रुपमा तेस्रो स्थानमा उभिनुभएको छ। काठमाडौंका प्रेमकृष्ण महर्जन, ललितपुरका सुरोज महर्जन, धनुषाका सुशील चौधरी र राजीव कार्कीले समान एक–एक अंक बनाउनभुएको छ।


वर्तमान नेपाल च्याम्पियन एफएम रूपेश जैसवाल दोश्रो चरणमा राजीव कार्की र तेश्रो चरणको खेलमा क्षितिज भण्डारीसँग स्तब्ध हुनुभएको छ।  पूर्व च्याम्पियन केशब श्रेष्ठले अङ्कको खाता पनि खोल्न सक्नुभएको छैन।


यसैगरु नवौं महिला नेशनल च्याम्पियनसिपमा पूर्व नेपाल च्याम्पियन सिन्दिरा जोशी, काठमाडौंका रिया श्रेष्ठ, मोरङ्गका शान्ति धिमाल र कास्कीका पूजा भण्डारी समान तीन–तीन अंकका साथ संयुक्त अग्रस्थानमा हुनुहुन्छ। झापाकी पुनम प्रसाईं, कृतिसरा अधिकारी दुई–दुई अङकसहित संयुक्तरुस्पमा दोश्रो स्थानमा तथा बिनिता कपाली र शुशीला गुरुङको एक–एक अङ्कसहित संयक्तरुपमा तेस्रो स्थानमा रहनभएको छ।

कमेन्ट गर्नुहोस्