लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

परिवारका सदस्यको अभिनय रहने फिल्म निर्माण गर्दै निखिल

tillotmacitynews - 2024 May 25 06:53 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ १२ गते । अभिनेता निखिल उप्रेती नयाँ फिल्म निर्माणमा जुटेका छन् । एक्सन स्टारको रूपमा परिचित निखिलले सामाजिक पारिवारिक एक्सनका विषयमा फिल्म निर्माण गर्ने तयारी गरेका हुन् ।  आफूले परिवारका सदस्यलाई समेटेर फिल्म निर्माण गर्ने तयारीमा रहेको उनले बताए । ‘म पहिला मेरो, सञ्चिता र छोराछोरी सबैको अभिनय रहने पारिवारिक फिल्म बनाउँदै छु’, निखिलले भने–‘अंग्रेजी, हिन्दी र नेपाली गरेर तीन भाषामा यो बन्ने छ ।’ एउटा गजबको कथा भेटेकोले पारिवारिक अभिनय रहने फिल्म बनाउन लागेको उनले सुनाए ।


फिल्मका लागि केही गीत समेत निखिलले रेकर्ड गरिसकेका छन् । ‘फिल्मले आमा र बच्चाको भावनात्मक कथा बोल्ने छ’, निखिलले थपे, ‘कसैले याद गर्न नसकेको कथामा फिल्म गर्दै छु । जुन सबैको जीवनसँग मेल खानेछ ।’ निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा चर्चामा छन् । ‘समबोधी अभियान’ सँग जोडिएका उनले पछिल्लो समय फिल्म ‘भैरव’ बनाएका थिए ।


भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव २’ निर्माण घोषणा गरेका थिए । ‘भैरव २’ एक्सन कथामा बन्न लागेको हो । ‘पहिले पारिवारिक कथामा र त्यसपछि एक्सन फिल्म बनाउँछु’, उनले थपे ।

कमेन्ट गर्नुहोस्