लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिरोहियालाई म्याद थपका लागि आज अदालत लगिने

tillotmacitynews - 2024 May 24 12:47 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ११ गते । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई आज अदालत उपस्थित गराइँदै छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा रहेका उहाँलाई पुनः म्याद थपका लागि जिल्ला अदालत धनुषामा दोस्रो पटक उपस्थित गराउन लागिएको हो । 


हिरासतमा रहेका अध्यक्ष सिरोहियालाई अहिले बयानका लागि जिल्ला सरकारी वकिल कार्यालयमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले बताउनुभयो । बयानपछि अदालतमा उपस्थित गराइने उहाँले जानकारी दिनुभयो । उहाँलाई यसअघि बुधबार अदालतमा उपस्थित गराइएको थियो । अदालतले अनुसन्धानका लागि तीन दिन प्रहरी हिरासतमा राख्न अनुमति दिएको थियो । सिरोहियालाई मङ्गलबार काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया गु्रपको कार्यालयबाट उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी बुधबार धनुषा ल्याइएको थियो । 


यता जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहसहितका स्थानीयले अध्यक्ष सिरोहियालाई साधारण तारेख छोड्नुपर्ने माग गर्दै अदालत अगाडि धर्नामा बसेर प्रदर्शन गरेका छन् । 

कमेन्ट गर्नुहोस्