लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पाल्पामा कपडा बैंक स्थापना

tillotmacitynews - 2024 May 20 12:34 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ७ //  पाल्पाको रिब्दीकोट गाउँपालिकामा कपडा बैंकको स्थापना भएको छ । क्लोथ एण्ड फुड बैङक नेपालसँगको सहकार्यमा कपडा बैंकको स्थापना गरिएको हो ।


विपद्मा परेका र विपन्नलाई नि:शुल्क वितरण गर्नका लागि कपडा बैंक स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताए । जाडोको समयमा नागरिकलाई गाउँमै सरकार भएको महसुस गराउन कपडा बैंक स्थापना गरिएको अध्यक्ष कार्कीले बताए ।


स्थानीयस्तरबाट संकलित कपडालाई प्रशोधन गरी विपद्को समयमा र जाडोमा विपन्न परिवारलाई प्रमुख प्राथमिकतामा राखेर सहयोग गर्न कपडा बैंक संचालन गरिएको हो । विपन्न तथा गरिब वर्गलाई उनीहरुको घरघरमै कपडा वितरण गर्ने अभियान स्वरुप बुटवलबाट सुरु भएको अभियानअन्तर्गत हालसम्म १४ वटा कपडा बैक संचान गरिएको छ । १८७ वटा स्थानीय तहमा शाखा विस्तार गर्ने तयारी रहेको बैङ्कका अध्यक्ष कमल जिसीले जानकारी दिए ।


रिब्दीकोट गाउँपालिकाको दुई लाख सहयोग तथा अन्य रकमको व्यवस्था संचालक संस्थाले गरेको छ । कपडा बैंक स्थापना भएपछि स्थानीयले दैनिक रुपमा प्रयोगमा नआएका कपडा बैंकमा राख्ने गरेका छन् । करिब सात टनको बैंकमा संकलित कपडा प्रशोधन गरेर वितरणको तयारी मिलाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले बताए ।


हालका लागि कपडा बैंकमात्रै संचालनमा आए पनि बिस्तारै फुड बैंकका रुपमा पनि विकास गर्ने लक्ष्य राखिएको उनले बताए ।

कमेन्ट गर्नुहोस्