लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'बोक्सीको घर' को ग्रस कलेक्सन १० करोड माथि

tillotmacitynews - 2024 May 20 12:31 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ७ // वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म 'बोक्सीको घर' चौथो सातामा प्रदर्शनरत छ। अहिले पनि फिल्म हेर्न हलमा दर्शकको उपस्थिति उत्साहजनक छ। फिल्मले कमाइ पनि राम्रो गरेको छ। 


फिल्मको देशव्यापी कलेक्सन १० करोड रूपैयाँ नाघिसकेको वितरक प्रचण्डमान श्रेष्ठले बताए। 'अस्ति शुक्रबारसम्ममा फिल्मले १० करोड रूपैयाँ ग्रस कलेक्सन गरिसकेको छ,' श्रेष्ठले भने। हिजो शनिबार पनि फिल्मको शो हाउसफुल थिए। रंगकर्मी सुलक्षण भारतीको लेखन तथा निर्देशनमा केकी अधिकारीको होम प्रोडक्सनबाट यो फिल्म निर्माण भएको हो। केकीका अनुसार फिल्मले नेपालसँगै विदेशमा पनि दर्शकको माया पाइरहेको छ। 


फिल्ममा केकीसहित शुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, जीवन बराल, सबिन बास्तोला लगायतको अभिनय छ।

कमेन्ट गर्नुहोस्