लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सिंहदरबार, पार्टी कार्यालय र नेताका घरबाट फोहोर नउठाउने बालेनको चेतावनी

tillotmacitynews - 2024 May 20 08:11 PM
IMG

तिलोत्तमा सिटी, २०८१ जेठ ७ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबार लगायत सबै राजनीतिक दलका पार्टी कार्यालय र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका छन् । फोहोर बोक्ने सवारीका चालकहरूलाई प्रहरीले पक्राउ गरेको भन्दै उनीहरूलाई रिहा नगरेसम्म फोहोर नउठाउने चेतावनी मेयर साहले दिएका हुन् ।


‘भ्रष्टलाई समाउन सक्नु भएन, काठमाडौंमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले,’ सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर साहले लेखेका छन् । जबसम्म चालकहरूलाई ससम्मान रिहा गरिँदैन तबसम्म सिंहदरबार लगायत सबै पार्टी कार्यालय र नेताका घरको फोहोर नउठाउने उनले भनेका छन् ।


‘को-को जुध्न आउने हो, आए हुन्छ , कसैलाई बाँकी छोडिँदैन,’ उनले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । मेयरको सचिवालयको अनुसार बन्चरेडाँडामा फोहोर बोकेर जाने गाडीमा अवरोध भएपछि फोहोर बोकेका गाडी कोटेश्वर क्षेत्रमा पार्किङ गरिएको थियो । तर ट्राफिक प्रहरीले ती गाडीका चालकहरूलाई नियन्त्रणमा लिएको महानगरले जनाएको छ ।

कमेन्ट गर्नुहोस्