लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले ल्यायो प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम

tillotmacitynews - 2024 May 15 11:58 AM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ २ गते //  सरकारले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम ल्याएको छ। मंगलबार बसेको संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रमबारे जानकारी गराएका हुन्।


‘महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ राष्ट्रपति पौडेलले भने।राष्ट्रपति पौडेलले सरकारका नीति तथा कार्यक्रमको यो कार्यक्रम पढ्दा सांसदहरू हाँसे, त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि हाँसेका थिए। 

कमेन्ट गर्नुहोस्