
तिलोत्तमा सिटी, २०८१ जेठ १ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वडा नम्बर-१ का टोलबिकासका पदाधिकारीहरुलाई संस्था व्यवस्थापन तथा फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम सुरु भएको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १ छत्तिस मौजा सामुदायिक सिकाइ प्रणालिको भवनमा जैविक मल बनाउने तालिम दिएको नगरपालिकाका सामाजिक बिकास शाखाका बरिष्ठ सामाजिक परिचालक अल्पा घिमिरेले जानकारी दिइन् ।“टोल बिकास संस्थामा आबद्ध रहेका करिव ७० जना स्थानिय किसानलाई घरबाट निस्कने फोहोरबाट प्राङ्गारिक तथा जैविक मल बनाउन सिकाइएको हो”, उनले भनिन्, “ जैविक मलका धेरै विशेषताहरु रहेका साथै घरमा त्यसै सडेर जाने फोहोरको पनि सदुपयोग हुने हुँदा कृषकलाइ प्रोत्साहन गर्नका लागि पनि तालिम उपयोगी भएको छ ।” तालिममा कौशि खेति बारे कृषकलाइ जानकारी र त्यसका फाइदाको बारेमा अवगत गराइएको थियो।
सो कार्यक्रमको सन्दर्भमा बोल्दै संजालका उपाध्यक्ष टोपलाल खनालले प्राङ्गारिक तथा जैविक मलको उत्पादन सहज हुने साथै रासायनिक मल किन्ने पैसा अनि समयको सदुपयोग हुने भएकाले नगरपालिका भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको बताए । नगरपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गर्दै जैविक र प्राङ्गारिक मलको प्रयोग गरि स्वस्थ्य बन्न आग्रह गर्दै यस्ता तालिमको अवसर दिएको र आगामी दिनमा अन्य वडा-वडामा पुगेर किसानलाई तालिम दिने समेत संजालका उपाध्यक्ष खनालले जानकारी दिए।
२ दिनसम्म चल्ने सो तालिमको अध्यक्षता वडा नम्बर-१ का अध्यक्ष फर्शुराम गिरी ले गर्नुभएको थियो । तालिममा संस्था व्यवस्थापन सम्बन्धि तालिम नगरपालिकाका प्रसासन योजना तथा अनुगमन शाखाका प्रमुख माधव पोख्रेल, बिष्णु बराल तथा हेमराज पौडेलले दिनुहुनेछ भने प्राङ्गारिक मल बनाउने तालिम राष्ट्रिय गहुँबालि अनुसन्धान कार्यक्रमका दयानिधि पोख्रेलले प्रशिक्षण दिनुभएको थियो। नगरपालिकाले टोलटोलमै पुगेर किसानको हितका लागि प्रभावकारी कार्यक्रमको थालनि गरेको प्रति कृषकले खुसि व्यक्त गरेका छन।
कमेन्ट गर्नुहोस्