लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

रुपन्देहीमा लागू औषधसहित दुई जना पक्राउ

tillotmacitynews - 2024 May 14 04:39 PM
IMG

तिलोत्तमा सिटी,२०८१ जेठ १ गते // रुपन्देही प्रहरीले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–१ बेलहियास्थित लागू औषधको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय, बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर-१ कि २६ वर्षीया मञ्जु गुप्तालाई नियन्त्रणमा लिएको हो ।


उनको शरिर तथा बस्ने घरकोठा खानतलासी गर्दा लुकाइछिपाइ राखेको अवस्थामा लागू औषध बरामद भएको प्रहरीले जनाएको छ । गुप्ताको साथबाट चरेस १ किलो ७५० ग्राम, फेनारागन १४१ एम्पुल, आईपीपीएल १३६ एम्पुल, डाइजोपाम (सिरिजेक) १४१ एम्पुल, स्पास्मो १७० क्याप्सुल र कोरेक्स २ बोतल बरामद भएको हो ।


त्यस्तै सिद्धार्थनगर नगरपालिका–१ बेलहियाबाट इलाका प्रहरी कार्यालय, बेलहियाको प्रहरी टोलीले सोही ठाउँका ४६ वर्षीया विजय गुप्तालाई लागू औषधसहित पक्राउ गरेको छ । उनको साथबाट फेनारागन ८९ एम्पुल, आइपीपीएल १८९ एम्पुल, डाइजोपाम (सिरिजेक) ७० एम्पुल, स्पास्मो ३१७ क्याप्सुल र नाइट्रोभेट ३४ ट्याब्लेट बरामद भएको छ । उनीहरु दुवै जनालाई रुपन्देही जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्