
तिलोत्तमा सिटी, २०८१ वैशाख ३० गते । तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँडले विभिन्न उत्सवहरु जस्तै जन्मदिन,विवाह तथा उद्घाटन कार्यक्रममा केक काटने प्रवृति नगरी रुख रोप्ने चलनको सुरुवात गर्न आग्रह गर्नुभएको छ। नर्सिङ दिवसको कार्यक्रममा बोल्दै नगर प्रमुख खाणले रुख रोप्नाले वातावरणलाइ स्वच्छ गराउनुका साथै हावामा प्रयाप्त अक्सिजनको मात्रा हुने पनि बताउनुभयो। उहाँले आफ्नो जन्मदिनको अवसरमा पनि नगरपालिका परिसरमा वृक्ष रोपण गर्नुभएको थियो ।
खाणले भौतिक विकास मात्र नभइ मानिसको शारिरिक तथा मानसिक स्वस्थ्य रहन पनि उत्तिकै जरुरी रहेको र स्वास्थ्य राम्रो रहेमा मात्र अन्य कार्य गर्न सकिने बताउनुभयो। मानव शरीरलाइ प्रयाप्त मात्रामा अक्सिजन चाहिने र अक्सिजनको मुख्य स्रोत रुखबिरुवा रहेको त्यसैले विभिन्न शुभ कार्यमा वृक्ष रोपण गर्ने प्रवृतिको थालनि गर्ने कुरामा जोड दिनुभयो। नगरको विकास सँगै नगरबासिको स्वास्थ्य प्रति आफु सकारात्मक रहेको साथै नगरबासिको अौषत आयु वृदिमा वातावरणिय स्वस्थ्यले पनि प्रभाव पार्ने बताउनुभयो । नगरमा सबैले वृक्ष रोपण गर्ने प्रवृति अङगालेमा नगरको वातावरणिय पक्ष अझै राम्रो हुँदै जाने जानकारी गराउनुभयो ।
तिलोत्तमाको एक प्रख्यात भनाइ पनि रहेको छ "ग्रिन तिलोत्तमा क्लिन तिलोत्तमा" यस अन्तर्गत सबै वडामा सरसफाइ कार्यक्रम सञ्चालन हुने गरेका छन भने तिलोत्तमाको मुख्य सडकखण्ड सिदार्थ राजमार्गमा हरियालि छाएको छ जसले तिलोत्तमा भ्रमण गर्ने सम्पुर्णलाइ लोभ्याउँछ।
कमेन्ट गर्नुहोस्