लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कपिलवस्तुमा बाढीले बगाउँदा एक जनाको मृत्यु

tillotmacitynews - 2024 May 12 08:31 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३० गते । कपिलवस्तुमा दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाणगंगा नगरपालिका ७ सुकुम्वासी टोलका ४० वर्षीय लौटन थारु रहेका छन् ।


इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपालजंग रायमाझीका अनुसार थारुलाई आइतबार बिहान ७ बजे श्रीमती लक्ष्मी थारुसँगै दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको बताउनुभयो ।


लौटनलाई बाढीले बगाएर मृत्यु भएको उहाँको भनाइ छ । लौटनको शव खोलाले बगाएको ठाउँबाट करिब २ किलोमिटर टाढा फेला परेको रायमाझीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्