
तिलोत्तमा सिटी, २०८१ वैशाख २२ गते । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।
दुताबासले वैशाख २२ गते राति ९ बजेबाट आफ्नो कनफरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्