लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

बुटवलमा टोलविकास संस्था गठन गर्दा ३० प्रतिशत युवा सहभागिता अनिवार्य

tillotmacitynews - 2024 May 04 03:20 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख २२  गते । बुटवलमा टोलविकास संस्थाको कार्यसमितिमा अनिवार्य रुपमा १६ देखि ४० वर्षसम्मका युवाको सहभागिता हुनुपर्ने भएको छ। बिहीबार बसेको बुटवल उपमहानगरपालिकाको कार्यपालिका बैठकले टोल विकास संस्था गठन तथा परिचालन निर्देशिका संसोधन गर्दै युवाको सहभागिता अनिवार्य बनाउने निर्णय गरेको हो। जसअनुसार टोल विकास संस्थामा ३० प्रतिशत १४ वर्षदेखि ४० वर्ष सम्मका युवाहरुको प्रतिनिधित्व सुनिश्चित भएको छ।


टोल विकास संस्थामा युवाहरुलाई सहभागी गराई नगरको विकासमा युवाहरुको योगदानलाई प्रोत्साहन गर्न यस्तो व्यवस्था गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए। उनले युवाहरुलाई विकाससँग जोड्दै प्रत्यक्ष सहभागी बनाउने उदेश्यका साथ निर्देशिका संसोधन गरिएको बताए। 'युवाहरुलाई टोलदेखि नै विकासमा चासो बढाउने र विकासमा सहभागी गराउने उदेश्य हो' -उनले भने।


यसअघि टोल विकास संस्थाका कार्यसमितिका पदाधिकारी समावेशी बनाउन कम्तीमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था रहेकोमा युवाको सहभागिता सुनिश्चित गर्ने प्रावधान थप गरिएको हो।

कमेन्ट गर्नुहोस्