
तिलोत्तमा सिटी, २०८१ वैशाख १७ गते । तिलोत्तमा नगर खेलकुद विकास समितिको आयोजना र लुम्बिनी स्पोस्ट क्लवको व्यावस्थापनमा नगर स्तरीय भेट्रान डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता २०८१ समपन्न भएको छ।
तिलोत्तमा १४ खैरिया स्थित लुम्बिनी स्पोस्ट क्लवको कभर्ड हलमा उक्त प्रतियोगिता आज समपन्न भएको छ। नगरपालिका भित्रका ४५ वर्ष कटेका व्याक्तिका लागि आयोजना गरीएको खेलमा जम्मा २१ टिमको सहभागिता रहेको थियो। उक्त खेलको प्रथम स्थान दिप आचार्य र पंकज किशोर शर्मा ज्ञवालिको टोलिले जित्न सफल भई तिस हजार नगद ,ट्रफी र मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भए। खेलको द्धितिय पुरन राना र सुरज गुरुङको टिम हुन सफल भइ नगद बिस हजार,ट्रफी र मेडल, प्रमाणपत्र प्राप्त गर्न सफल भए। खेलमा प्रथम, द्धितिय,तृतिय तथा व्याक्तिगत विधा तर्फ पनि पुरस्कार प्रदान गरिएको थियो।
खेल स्वास्थ्यको लागि आवश्यक रहेको र खेलले व्याक्तिलाइ अनुशासित रहन सहयोग गर्ने भएकाले महत्वपुर्ण रहेको कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाणले बताए साथै आगामी समयमा नगरले यस्तै कार्यक्रमहरु गर्ने बताए । समापन कार्यक्रममा बोल्दै खेलका अध्यक्ष तथा तिलोत्तमा नगर खेलकुद विकास समितिका अध्यक्ष लोक पुनले खेलकुद मात्र नभइ खेललाइ आवश्यक पर्ने भौतिक निर्माणलाइ पनि आगामि समयमा जोड दिने बताए । उक्त कार्यक्रममा तिलोत्तमा नगरपालिका वार्ड नं १४ का वडा अध्यक्ष आश्विन पौडेल , व्यावस्थापक क्लव लुम्बिनी स्पोस्ट क्लवका पदाधिकारीहरु,स्थानिय क्लवका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
कमेन्ट गर्नुहोस्