लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

स्थानीय तहले चिन्न नसकेको ईतिहास बोकेको "ढाक्रेबास"

tillotmacitynews - 2024 Apr 28 09:44 PM
IMG

तिलोत्तमा,२०८१ बैशाख १६ गते।‘ढाक्रेबास’ एउटा ठाउँको नाम हो । सुन्दा अनौठो लाग्ने नाम । ऐतिहासिक, महत्वपूर्ण मानिन्छ। सो ठाउँ रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा–११ मन्द्रहानीमा पर्दछ ।आजभन्दा झण्डै २ सय वर्ष अगाडि उक्त ठाउँमा ढाग्रेहरु बास बस्ने र विश्राम गर्ने ठाउँ भएकाले सो ठाउँलाई ढाक्रेबास नामाकरण गरिएको स्थानीय वयोवृद्ध एवं पूर्वगाविस अध्यक्ष पुर्न वासी (चौधरी) बताउँछन् ।उनले भने, ‘ढाक्रे भन्नाले पहिले भारतबाट तिब्बतसम्म समान बोकेर ओहोर दोहोर गराउने भरियाहरुलाई भनिन्थ्यो । त्यो बेलामा सवारी साधन र सडक थिएन, उनीहरुले नै सामान बोकेर ढुवानी गर्थे । त्यही क्रममा यहाँ बास बस्ने र मन्द्रहानीमा रहेको भगवान बुद्धको मावली कुँवरवर्ती मन्दिरमा दर्शन गरेर सेमरा बजार गर्थे । कुमाल जातिको बसोबास रहेको र उनीहरुले बनाएका घरका अवशेष अझै पनि कहिँकतै फेला पर्ने गरेको पूर्वअध्यक्ष चौधरीको भनाइ छ ।


स्वच्छ, शान्त र एकान्त हरियाली वन नजिक, सुखौरा खोलातिरमा रहेको ढाक्रेवास खुल्ला चौरमा छ । पर्यटकीय स्थल मध्येको एउटा नमूना बनाउन सकिने सम्भावना रहेको ढाक्रेवासलाई स्थानीय तहले चिन्न नसकेको गुनासो स्थानीयहरुको छ ।जसलाई संरक्षण एवं प्रर्बद्धन गर्न सकेमा मिनी सौराहा बनाउन सकिने स्थानीय मोहनलाल ज्ञवालीले बताए ।करिब एक सय विगाहा क्षेत्रफल रहेको ढाक्रेबास करिब ३० बिगाहा क्षेत्रफल स्थानीयद्धारा अतिक्रमण, ७० बिगाहामा तटीय क्षेत्र पर्दछ । जसमा नदिजन्य पदार्थको उत्खननले खोलाको धार परिवर्तन हुँदा खोला वारिपारि गरी २० बिगाहा कटान भएको छ। अहिले अनुमानित बाँकी ५० रहेको बताउँदै स्थानीयले नगरपालिकाले केहि बर्ष अगाडी ८ लाख लागतमा करिब ८ बिगाहा क्षेत्रफलमा तारवार गरेको बताएका छन् ।स्थानीय युवाहरुले खेलकुदका लागि भन्दै केही क्षेत्र सहमतिमा संरक्षण गर्दै आएका छन् । वेवारिसे अवस्थामा जस्तै पुगेको र अतिक्रमणको सम्भावना बढ्न थालेपछि स्थानीयहरुको आलोचना बढेपछि बाँकी करिब ४ विगाहा क्षेत्रफललाई स्थानीय तहले तारवार गरेको छ । 

कमेन्ट गर्नुहोस्