लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सूचना तथा सञ्चार प्रविधि दिवस मनाउन आग्रह

tillotmacitynews - 2024 Apr 27 01:16 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख १५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई वैशाख २० गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस भव्य रूपमा मनाउन आग्रह गरेको छ । 


सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको गत चैत ३० गतेको निर्णय अनुसार ७५३ वटै स्थानीय तहलाई सूचना प्रविधि दिवस मनाउन मन्त्रालयले शुक्रबार परिपत्र गरेको हो । स्थानीय तहले सूचना र प्रविधिसँग सम्बन्धित सचेतना र जानकारीमूलक कार्यक्रम गर्न मन्त्रालयले स्थानीय तहलाई गरिएको परिपत्रमा उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्