लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

जुफाल विमानस्थल मर्मत सकियो, सेवा सुरु

tillotmacitynews - 2024 Apr 21 12:20 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आज बिहान नेपालगञ्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो ।


मूल्य अभिवृद्धि करसहित रु. छ करोडमा धावनमार्ग मर्मत भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर वीरप्रसाद शाहीले जानकारी दिनुभयो । धावनमार्गको एक सय ८५ मिटर मर्मत गरिएको हो । धावनमार्ग जीर्ण भएपछि विमान कम्पनीले जोखिम मोलेर उडान गर्न नसकिने बताउँदै आएका थिए । यो डोल्पाको एकमात्र विमानस्थल हो ।  

कमेन्ट गर्नुहोस्