लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

कतारका अमिर मंगलबार नेपाल आउँदै

tillotmacitynews - 2024 Apr 21 05:12 PM
IMG

तिलोत्तमा सिटी,२०८० वैशाख ९ गते । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि मंगलबार नेपाल आउँदैछन् ।


परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै उनले मंगलबार र बुधबार नेपालको भ्रमण गर्न लागेको औपचारिक जानकारी दिएको हो । कतारमा हुन लागेको यो नै अहिलेसम्मको उच्च भ्रमण हो । कतारबाट यस अघि मन्त्रीहरुले भ्रमण गरेपनि अमिर (राजा) वा प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका थिएनन् ।


कतारका अमिर नेपालसहित तीन एसियाली मुलुकको भ्रमणमा आइतबार निस्किसकेका छन् । दोहाबाट फिलिपिन्स उठेका उनी बंगलादेश हुँदै नेपाल आइपुग्नेछन् । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने छन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार द्विपक्षीय वार्ता गर्ने छन् । त्यसक्रममा दुई देशका बीचमा केही सम्झौता र समझदारीहरुमा समेत हस्ताक्षर हुने कार्यक्रम रहेको छ । अमिर बुधबार बेलुकी कतार फर्कने छन् ।

कमेन्ट गर्नुहोस्