लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाको तेस्रो साधारण सभा सम्पन्न

IMG

तिलोत्तमा,२०८१ बैशाख ८ गते।नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखाको तेस्रो साधारण सभा तिलोत्तमा-२ बनबाटिकामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गोबिन्द भुसालको अध्यक्षता तथा समाजका केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा रक्तदान गर्ने कार्य समाजको अभिन्न कार्य भएकोले सबैको रक्तदानमा चासो हुनुपर्ने सरोकारवालाहरुले बताएका थिए। 


सो अवसरमा बोल्दै प्रमुख अतिथि समाजका केन्द्रीय महासचिव तथा रुपन्देही शाखा अध्यक्ष कृष्ण चौहानले नि:शुल्क बाड्ने भनेर ठुलो नाक बनाएर हिड्ने स्थानिय तहले रक्तदाताहरुलाई बेवास्ता गरेको बताए। तिलोत्तमा नगरपालिकालाई उदृत गर्दै उनले अन्य पालिकाबाट केहि सहयोग आएको भएपनी रक्तादाताको सम्मान र सहयोगमा तिलोत्तमा नगरपालिका चुकेको बताए। स्थानिय तहले अझ बढी सहयोग गर्नुपर्नेमा करिव २६ लाखको नि:शुल्क रगतदान गरेका रक्तदाता प्रती सधै उदार रहेको प्रति उनले दु:खेसो पोखे। छोटो समयमै तिलोत्तमामा रहेर समाजले धेरै सामाजिक कार्य गर्दै आएको भन्दै उनले यस्ता संस्थालाई दिल खोलेर सहयोग गर्न सबैलाई आग्रह समेत गरे।  


कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष भुसालले छोटो समयमै समाजप्रती सबैको सहयोग पाएको प्रति खुसी व्यक्त गरेका छन्। रक्तदानमा सहभागी सहयोगी, आजीवन सदस्य,नियमित रक्तदाता, कार्यक्रममा सहभागीलाई उनले सदैव सहयोगको अपेक्षा समेत गरेका छन्। साधारण सभामा आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै समाजका कोषाध्यक्ष भेषराज आचार्यले समाजप्रती सबैले देखाएको सहयोगको भावनाको कदर गरेका छन्। 


कार्यक्रममा समाजमा आजीवन सदस्य बन्ने र सहयोग गर्ने सहयोगी व्यक्तित्वहरुलाई सम्मान पत्रले सम्मान गरिएको थियो भने नियमित रक्तदान गर्ने , समाजको हरेक क्रियाकलापमा सहयोग गर्ने सबैलाई सम्मान तथा कदर र प्रशंशा पत्र प्रदान गरिएको थियो। कार्यक्रममा पुर्व तिलोत्तमा-४ का वडाअध्यक्ष दिवाकर ढकाल, जागृति साकोसका अध्यक्ष लोकनाथ पाण्डे, जागृति युवा क्लबका अध्यक्ष बिदुर केसी, जिल्ला सचिव अर्जुन पौडेल, रविन्द्र बस्नेत,ध्रुव पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै समाजले गरेको कामको प्रशंसा गरेका थिए। साधारण सभामा भएको विभिन्न एजेन्डा र महत्वपूर्ण सुझावहरुलाई समाजले बन्द शत्रमा टुंग्याएको थियो।समाजले नयाँ बर्षको आफ्ना सहकर्मी तथा रक्तदातालाई शुभकामना दिंदै आफ्नो सम्पूर्ण बिबरण र सम्पर्क सहितको नयाँ भित्तेपात्रो समेत बिमोचन गरेको थियो।

कमेन्ट गर्नुहोस्