लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शुद्ध र मिठो नेपाली अर्गानिक फिल्म हो मनसरा : निर्देशक उपेन्द्र सुब्बा

IMG

तिलोत्तमा,२०८१ बैशाख ६ गते। जारी फिल्मको बिग सफलता पछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक राम्रो निर्देशकमा चिनिए। कथा, मेकिङ्ग, अभिनय, सम्बादमा पोख्त कलाकारलाई समाबेश गरी जिबन्त फिल्म निर्देशन गर्ने सुब्बाको मनसराको चर्चा अहिले जताततै छ। दयाहांग राईको एउटा फिल्मले सफलता पाईरहदा बैशाख २१ गते लगातार दर्शकले हलमा उनको फिल्म हेर्न पाउनेछन। फिल्मको कथाबस्तु देखि मनसरा एकदमै शुद्ध नेपाली अर्गानिक तथा मिठो फिल्म बनेकोले दर्शकको अपार माया फेरी पाउने निर्देशक सुब्बाको आशा छ। 


कविता कन्सर्ट मार्फत देशभर फिल्म मनसराको प्रमोशनमा आएका सुब्बा सहितका अभिनेता प्रविन खतिवडा, नायिका मिरुना मगर, मेनुका प्रधान, सिजन दाहाल लगायतको उपस्थितिमा चलचित्र पत्रकार संघ नेपाल रुपन्देही शाखाले साक्षात्कार कार्यक्रम गरेको छ। सो कार्यक्रममा बोल्दै कलाकारहरुले फिल्म मनसरा बाट पुन: आशाबादी रहेको बताएका थिए। एउटा ग्रामिण समाजको कृषि खेति गर्ने समाजका पात्रको कथा फिल्ममा अर्गानिक तरिकाले उठाइएको निर्देशक सुब्बा  बताउछन। 


सो अवसरमा बोल्दै नायिक मिरुना मगरले फिल्मको कथा बस्तु मनपरेपछी जारीको सफलतासंगै फिल्मको पात्रमा आफु सक्दो अभिनयमा गरेको बताईन। आफ्नो भूमिका बारे धेरै नबताऊदै मिरुनाले दर्शकको लागि २१ गते हलहलमा नेपाली फिल्मको मेला लाग्ने बताईन। आफ्नो कुरा राख्दै अर्की नायिका मेनुका प्रधानले जिबन्त कथामा अभिनय गर्न पाउदा खुसि लागेको र दर्शकले फिल्म रुचाउनेमा ढुक्क भएको बताएकी छिन।सो अवसरमा फिल्मबारे बताउदै भर्सटाइल अभिनेता पबिन खतिवडाले फिल्मले मनोरंजन संगै राम्रो सन्देश र उर्जा दिने समेत बताए। उनले आफ्नो अभिनय ससक्त कृषक युवाको भूमिकामा रहेको समेत बताए।  


निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् । यही बैशाख २१ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।


सोही दिन साँझ निर्देशक कलाकार तथा  साहित्यकार उपेन्द्र सुब्बा, चलचित्रका कलाकार मिरुना मगर,प्रविन खतिवडा, मेनुका प्रधान, सिजन दाहाल लगायतको उपस्थितिमा बुटवलको भाट भटेनीमा रहेको क्यु एफ एक्समा कबिता कन्सर्ट समेत गरिएको थियो। सो अवसरमा कलाकार तथा साहित्यकारहरुले हलाभारिका दर्शकका लागि आ आफ्ना कविता सुनाएका थिए। 


कमेन्ट गर्नुहोस्