लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

"मनसरा"कबिता कन्सर्ट लिएर देश दौडाहामा

IMG

तिलोत्तमा,२०८१ बैशाख ५ गते। पहिलो फिल्म ‘जारी’बाटै ठूलो व्यावसायिक सफलता हासिल गरेका निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भए संगै अहिले फिल्मका कलाकारहरु देश दौडाहमा छन्। दर्शकले औधी मनपराएको ट्रेलरमा विवाहित ब्राह्मण पुरुष र लिम्बू महिलाबीचको नोकझोंक र आकर्षणता देखाइएको छ। 


ट्रेलरको सुरुवात र अन्त्य पालाम (लिम्बू गीत)बाट गरिएको छ, जहाँ अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरबीचको प्रेमालाप छ । यसले उनीहरु श्रीमान्-श्रीमतीको भूमिकामा रहेको बुझाउँछ । तर, ट्रेलरको अरु दृश्यमा मिरुनालाई एक बस्तीमा छोराको साथमा सुँगुर पालेर गुजरा चलाइरहेकी देखिन्छ । उनीप्रति प्रवीण खतिवडा आकर्षित हुन्छन्, जो दूध बेच्ने गर्छन् । उनको श्रीमतीको भूमिकामा मेनुका प्रधान छिन् । उनको लवज नेवारी सुनिन्छ ।


कवि उपेन्द्र सुब्बाको उपस्थितिमा चलचित्रका कलाकार मिरुना मगर,प्रविन खतिवडा, मेनुका प्रधान लगायतको उपस्थितिमा बुटवलको भाट भटेनीमा रहेको क्यु एफ एक्समा साँझ ६ बजे सो कबिता कन्सर्ट हुने आयोजक स्रोतले बताएको छ। निर्देशक सुब्बा स्वयंको लेखन रहेको फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक (कवि), जीवन बराल, अनिल सुब्बा, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने छायाँकार पनि उनी नै हुन् । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा विष्ण कुमार थेबे, पर्शु अधिकारी र जीवन लिम्बू थाक्लुङ सह-निर्मातामा छन् । यही बैशाख २१ गतेबाट फिल्म प्रदर्शनमा आउने तयारीमा छ ।

कमेन्ट गर्नुहोस्