लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चार लाख मूल्य बराबरको अवैध सामान बरामद

tillotmacitynews - 2024 Apr 15 08:18 PM
IMG

तिलोत्तमा सिटी, २०८१ वैशाख ३ गते । सशस्त्र प्रहरीले रुपन्देहीमा करिब ४ लाख मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सामान बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण रुपन्देहीले जनाएको छ ।


सशस्त्र प्रहरी बल, नेपाल बिओपी मझगाँवा, रुपन्देहीबाट सशस्त्र प्रहरी निरीक्षक विजय कुँवरको कमान्डमा खटिएको टोलीले मायादेवी गाउँपालिका–६ स्थित दुर्गाालियाबाट अवैध सामान बरामद गरेको हो । अन्दाजी १ लाख ५२ हजार ३ सय २० रुपैयाँ बराबरको चिनी ६ सय केजी, प्याज २०२३ केजी र मटर दाल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । 


त्यस्तै सशस्त्र प्रहरी बल, नेपाल नं.२७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डिएसपी दुर्गाबहादुर थापाको कमान्डमा खटिएको सीमा अनुगमन टोलीले  विभिन्न स्थानबाट अन्दाजी मूल्य २ लाख २९ हजार ९ सय ७५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको  जनाएको  छ।  ती समानहरू प्रहरीले भन्सार भैरहवा कार्यालय, पठाएको जनाएको छ। 

कमेन्ट गर्नुहोस्